July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

सन्दीपलाई विश्वकप खेलाउन भिसा प्रक्रिया अगाडि बढ्यो

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ९, २०८१ 0७:३५
सन्दीपलाई विश्वकप खेलाउन भिसा प्रक्रिया अगाडि बढ्यो

काठमाडौँ। नेपाल क्रिकेट सङ्घ (क्यान)ले लगे स्पिनर सन्दीप लामिछानेलाई आईसीसी टी–२० विश्वकप खेलाउन पहल गरिरहेको जनाकारी गराएको छ । क्यानका सचिव पारस खड्काले मङ्गलवार विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएका हुन्। ‘सन्दीप लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा यस सङ्घबाट गम्भीरताका साथ आईसीसीलगायत सम्बन्धित निकायहरूमा पहल भइरहेको छ,’ खड्काले भनेको छ।

उनलाई अमेरिका पठाउने प्रक्रिया अगाडि बढाइएको पनि खड्काले बताएका छन्। अमेरिका र वेस्ट इन्डिजमा १ जुनदेखि सुरु हुने प्रतियोगिताका लागि नेपाली टोली हाल अमेरिकामा छ।

‘संयुक्त राज्य अमेरिकाको भिसाको प्रक्रिया अगाडी बढाइएको ब्यहोरा जानकारी गराउँदै यस सङ्घबाट निजको विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिता सम्बन्धी सबै आवश्यक प्रक्रिया अगाडी बढाई सकिएको ब्यहोरा समेत अवगत गराउन चाहन्छु,’ खड्काले भनेका छन्।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ९, २०८१ 0७:३५

प्रतिक्रिया