July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

गायिका अभय सुब्बाले ‘सन्दीपका समर्थकले मलाई अनफ्रेन्ड गर्नु’ भनेपछि

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ११, २०८१ १४:३३
गायिका अभय सुब्बाले ‘सन्दीपका समर्थकले मलाई अनफ्रेन्ड गर्नु’ भनेपछि

इटहरी / क्रीकेटर सन्दिप लामिछानेले सफाई पाईसकेका छन् ।

तर, उनको सफाई पछि पनि केहिले भने उनको सफाईलाई समर्थन गरिरहेका छैनन् । यस्तैमा रकस्टार तथा भोइस अफ नेपालकी पूर्व निर्णायक अभया सुब्बाले पनि लामिछानेको सफाई प्रती असन्तुष्टि ब्यक्त गरेको बुझ्न सकिन्छ ।

सुब्बाले आफ्नो सामाजिक संजाल फेसबुकमा एक पोस्ट राख्दै सन्दिप लामिछानेका समर्थकहरुलाई आफ्नो फेसबुकबाट अनफ्रेण्ड गर्न आग्रह गरेकी छन् । उनले हाल भने उक्त पोस्ट फेसबुकबाट हटाएकी छन् । उनले भनेकी थिइन् ‘सन्दीप लामिछानेका सबै फ्यान र समर्थकहरूले मलाई अनफ्रेन्ड गरिदिनु होला । म मेरो वरिपरि यी नीच अनुयायीहरू हुनुभन्दा केही असल साथीहरू होउन् भएको चाहन्छु ।’

सन्दीपमाथी १९ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा तल्लो अदालतबाट दोषी ठहर गरिएको थियो । तर हालै गत जेठ २ गते उच्च अदालत पाटनले लामिछानेलाई बलात्कार मुद्दामा सफाई दिएको थियो । सुब्बाको सो पोस्टका अनुसार अदालतको फैसला चित्त नबुझेको अड्कल गर्न सकिन्छ । उनको पोस्ट डिलेट भएपनि अहिले यसैका कारण सामाजिक संजालमा बहस सिर्जना भएको छ । सुब्बा प्रती आलोचना र तारिफ दुबै भैरहेको देख्न सकिन्छ ।

  • साझा परिवेश
  • शुक्रबार, जेष्ठ ११, २०८१ १४:३३

प्रतिक्रिया