May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ?

उर्लाबारी आगलागीका घाइतेमध्ये एक जनाको मृत्यु

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १३:३0
उर्लाबारी आगलागीका घाइतेमध्ये एक जनाको मृत्यु

मोरङको उर्लाबारी–७ स्थित एक सुन पसलमा गत कात्तिक २६ गते भएको आगलागीमा परी गम्भीर घाइते भएका ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा मङ्गलबार बिहान मृत्यु भएको छ ।

स्थानीय दीपक कार्कीले आफ्नै घरमा सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलमा लक्ष्मी पूजाको राति १०ः३० बजे अचानक आगलागी सुरु भएको थियो । आगो नियन्त्रण प्रयासमा गएका चार प्रहरी र २४ स्थानीय गरी २८ जना घाइते भएका थिए । घाइतेहरूको काठमाडौस्थित बर्न अस्पताल कीर्तिपुरमा उपचार भइरहेको थियो । घाइतेमध्ये उर्लाबारी–७ का ४३ वर्षीय तपन पण्डितको उपचारका क्रममा आज मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ । उपचाररतमध्ये गम्भीर अवस्थाका आठ जनाको आइसीयूमा उपचार भइरहेको छ ।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार अनुसार आगलागीबाट तीन करोड ४१ लाख रुपियाँभन्दा धेरैको क्षति भएको छ । आगलागीका कारण अझैसम्म खुल्न सकेको छैन । प्रहरी निरीक्षक दास नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

  • साझा परिवेश
  • मङ्लबार, मंसिर ५, २०८० १३:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।