April 15, 2025 | मङ्लबार, बैशाख ३, २०८२
सुचनाहरु
घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य, कति पुग्यो?  २ बर्षदेखि घाइते कप्तान सिद्धान्त लोहनीको उपचारमा क्यानले देखाएन चासो  फेरि आयो सलमान खानलाई मार्ने धम्की १ बर्षमा २ लाख भन्दा बढिले गरे पाथिभरा माताको दर्शन कक्षा १२ को परिक्षा वैशाख ११ देखि, तर शिक्षक सहभागी नहुने आजदेखि नयाँवर्ष २०८२ सुरु, यसरी सुरुवात गर्नुहोस् नयाँ बर्षको अमेरिकाबाट थप ५ नेपाली निकालिए  तीनकुनेको घरमा आगजनी गर्ने यी दुई युवा पक्राउ  अब प्रहरीहरुले  राजीनामा दिन नपाउने, यस्तो छ कारण  आमाको किरिया बसिरहेका बेला छोराले पनि फेरे अन्तिम सास  तीनकुने घटनाबारे पहिलो पटक बोले पुर्वराजा शाह, के भने?  ओलि दमक आएका बेला रास्वपाले कालो झन्डा देखाएर गर्‍यो विरोध प्रदर्शन हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा

स्काउटको जग्गा विवाद सुल्झाउन पहल गर्छु : खेलकुमन्त्री चौधरी

  • साझा परिवेश
  • मङ्लबार, साउन ८, २०८१ १२:५६
स्काउटको जग्गा विवाद सुल्झाउन पहल गर्छु : खेलकुमन्त्री चौधरी

युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपालमा स्काउटको जग्गाको विवाद सकभर छिटो सुल्झाउन आफूले पहल गर्ने बताउनु भएको छ ।

आइतबार सिंहरदरबारस्थि मन्त्रालयमा स्काउटसँगको ब्रिफिङपछि मन्त्री चौधरीले स्काउटको जग्गा विवादको कुरा सुल्झाउन आफूले सक्दो पहल गर्ने बताउनुभयो ।

मन्त्री चौधरीले भन्‍नुभयो, ‘हामीसँग जग्गा छ । लैनचौरको जग्गा विवाद हामी सकभर छिटो समाधान गर्ने छौं । त्यसमा हामी पर्यटकीय प्रयोग हुने गरि तालिम केन्द्र बनाउन सक्छौं ।’ उहाले स्काउटलाई खेलकुद पर्यटनको माध्यम बनाउने गरी पहल समेत प्रतिवद्धता जनाउनुभयो ।

स्काउटको लालपुर्जा सहितको जग्गा १२ जिल्लामा रहेको भए पनि सही उपयोग नभएको भन्‍दै मन्त्री चौधरीले यसको सही तथ्याङ्क निकाल्‍नसमेत निर्देशन दिनुभयो ।

‘हामीसँग १२ जिल्लामा लालपुर्जासहितको जग्गा छ । जसमा कहाँ के भइरहेको छ । यसको तथ्याङ्क हुनुपर्छ । सक्दो छिटो साउन महिनाभरीमा हामीले स्काउटको जग्गा कहाँ कसरी प्रयोग भइरहेको छ । त्यो थाहा पाउन सके त्यसको व्यवस्थापनमा हामी जानेछौं ।’ उहाँले भन्नुभयो ।

उहाँले स्काउटको जग्गा सदुपयोगका लागि प्रदेश तथा स्थानीय निकायसँग पहल गरी तालिम केन्द्र तथा स्काउट अफिसको स्थापनाका लागि पहल गर्ने समेत बताउनुभयो ।

स्काउटको विस्तार र विद्यालयस्तरीय पहुँचको दायरा समेत फराकिलो बनाउनु पर्नेमा उहाको जोड थियो ।

  • साझा परिवेश
  • मङ्लबार, साउन ८, २०८१ १२:५६

प्रतिक्रिया