March 31, 2025 | सोमवार, चैत्र १८, २०८१
सुचनाहरु
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कति पुग्यो? म्यान्मार गएको विनाशकारी भूकम्पमा २ हजार भन्दा बढीले गुमाइसके ज्यान त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघका जोशीले ८ मतले मारे बाजी साढे पाँच महिनापछी घण्टी बजाउँदै सभापतिको जिम्मेवारीमा फर्किए रबि लामीछाने प्रदर्शनमा जिउँदै जलाइएका संचारकर्मी सुरेशको परीवारले भेटे प्रधानमन्त्रिलाई प्रधानमन्त्रीले आज संसदमा बोल्दैछन् कुलमान घिसिङको बर्खास्तीबारे आज ईद: देशभर सार्वजनिक बिदा तीनकुनेमा तोडफोड र लुटपाट मच्चाउनेहरु नामावली यस्तो छ रोकीयो पाथीभरा क्षेत्रमा केबलकार बनाउने कार्य  रवि लामिछाने फर्कीदैछन् पार्टीको जिम्मेवारीम हिंसा मच्चाएर भागेका दुर्गा प्रसाईले ‘ज्यान जोगाउन मन्दिरमा बसेको छु’ भन्दै बनाए भिडीयो किन परिवर्तन् भयो पूर्व राजाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली? अमेरिकाले निकालेका भुटानी शरणार्थी भागेर नेपाल आउदा पक्राउ परे तपाईको आजको दिन कस्तो रहला? हेर्नुहोस् आजको राशिफल दुर्गा प्रसाईं भन्छन्: जहाँ बेलाउँछौ त्यहीँ आउँछु, म थुनिएर आन्दोलन रोकिदैन ‘म रहुँला नरहुँला आन्दोलन नरोकियोस’ भन्दै दुर्गा प्रसाईले गरे यस्तो आग्रह राजावादीहरूको प्रदर्शनमा तनाव, आगो निभाउन आएको दमकलमाथि पनि ढुंगा प्रहार राजावादीको प्रदर्शनमा लुटीयो २ तोलाको सुनको सिक्री झापामा धान खेतको आलीबाट लडेका मेघराजको पानीमा डुबेर मृत्यु आज गणतन्त्रवादी र राजावादीको काठमाडौँमा प्रदर्शन गर्दै, यस्तो छ सुरक्षा व्यवस्था

रोहितको डेब्यु खेलमा टोरोन्टो विजयी

  • साझा परिवेश
  • आइतवार, साउन १३, २०८१ 0९:२0
रोहितको डेब्यु खेलमा टोरोन्टो विजयी

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित कुमार पौडेलको अन्तर्राष्ट्रिय फ्रेन्चाईजी क्रिकेटको डेब्यु खेलमा उनी आबद्ध टोरोन्टो नेसनल्स विजयी भएको छ ।

क्यानडामा जारी ग्लोबल टी ट्वान्टी लिगमा आइतबार बिहान भएको खेलमा प्लेईङ(११ मा रहे पनि रोहितले ब्याटिङ बलिङको अवसर पाएनन् । रोहित आबद्ध टोरोन्टोले लगातार दोस्रो जित हात पार्ने क्रममा ब्रेप्टन वुभ्ल्सलाई ८ विकेटले पराजित गर्यो ।

ब्रेप्टनले दिएको १ सय ११ रनको लक्ष्य टोरोन्टोले १३.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । टोरोन्टोका लागि उन्मुक्त चन्दले सर्वाधिक ५३ रन बनाए । ४० बलको सामना गरेका उन्मुक्तले ८ चौका र १ छक्का प्रहार गरे ।

रासि भान डार डुसेनले २५ र कप्तान कोलीन मुनरोले ११ रन जोडे । ब्रेप्टनका लागि ज्याक जार्किभस् र बेन वेबस्टरले समान १ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ब्रेप्टनले १९.१ ओभरमा अल आउट हुदै १ सय १० रन मात्र बनाएको थियो । ब्रेप्टनका लागि बेउ वेबस्टरले सर्वाधिक २५ र नाईक होबसनले २१ रन बनाएका थिए ।

टोरोन्टोका लागि जुनैद सिद्धिकीले ३, जोसन बेहरानड्राफ्ट र रोमारियो शेर्फडले समान २ विकेट लिए । लगातार दोस्रो जितका साथ टोरोन्टो ६ टोली सहभागी लिगको शीर्ष स्थानमा छ । एजेन्सी

  • साझा परिवेश
  • आइतवार, साउन १३, २०८१ 0९:२0

प्रतिक्रिया

नेपाल अपडेट