sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

काभा वुमन्स नेसन्स लिग : भारतलाई हराएर इतिहास रच्ने अवसर नेपाललाई

  • साझा परिवेश
  • बुधबार, साउन २३, २०८१ १0:३२
काभा वुमन्स नेसन्स लिग : भारतलाई हराएर इतिहास रच्ने अवसर नेपाललाई

काठमाडौँ । महिला भलिबलमा नेपालले फेरि एउटा उपाधि भिडन्त भारतसँग खेल्दै छ । काभा वुमन्स नेसन्स लिगमा मङ्गलवार नेपालले इरानलाई र भारतले श्रीलङ्कालाई हराउँदै उपाधिका लागि आमने९सामने हुन लागेका हुन् ।

सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभ खेल्दै घरेलु मैदानमा उपाधि गुमाएको नेपाली टिमलाई बदला लिने अवसर बुधवार छ ।

यही प्रतियोगितामा शनिवार लिग चरणको खेलमा भारतलाई हराएकाले नेपाली टिम आत्मविश्वासी छ । प्रतियोगितामा सहभागी सबै टिमलाई हराएको हुनाले नेपाल उच्च मनोबलमा रहने छ ।

मङ्गलवार इरानसँगको सेमिफाइनल खेलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो । पहिलो सेट २५–२१, दोस्रो सेटमा २८–२६ र तेस्रो सेट २५–२० ले जितेको थियो । मङ्गलवारको खेलमा स्पाइकरहरु उषा भण्डारी र निरुता ठगुन्नाले राम्रो प्रदर्शन गरेका थिए ।

इरानसँग लिग चरणमा हारेकाले मङ्गलवारको खेल जित्नैपर्छ भन्ने मानसिकतामा खेलेको कप्तान अरुणा शाहीले बताइन् । नेपालका लागि इरानी टिम नयाँ हो । ऊसँग नेपालले एक पटक मात्र सन् २०१७ मा प्रतिस्पर्धा गरेको थियो ।

दक्षिण एसियाली स्तरको धेरै खेलकुदमा नेपालको मुख्य प्रतिस्पर्धी भारत रहँदै आएको छ । अहिलेसम्म नेपालले महिला भलिबलमा एक पटक मात्र भारतलाई हराएको छ । त्यो पनि गत शनिवार यही काभा वुमन्स लिगमा हो ।

  • साझा परिवेश
  • बुधबार, साउन २३, २०८१ १0:३२

प्रतिक्रिया

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid