September 17, 2024 | मङ्लबार, अशोज १, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

बंगलादेशमा आत्मरक्षाको माग गर्दै प्रहरीद्वारा हडताल

  • साझा परिवेश
  • बुधबार, साउन २३, २०८१ १0:४0
बंगलादेशमा आत्मरक्षाको माग गर्दै प्रहरीद्वारा हडताल

ढाका । बंगलादेशमा प्रहरी युनियनले देशका प्रत्येक प्रहरीको सुरक्षा सुनिश्चित नभएसम्म प्रहरी हडतालमा रहने बताएको छ । बंगलादेश प्रहरीले प्रदर्शनकारीमाथि गोली रहरले नभइ बाध्यता चलाउनुपरेको बताएको छ ।

देशको प्रहरी संगठन ‘बंगलादेश प्रहरी सेवा संघ’ वा बीपीएसएले नचाहेर पनि आन्दोलनकारीमाथि दवावमा गोली चलाउनुपरेको जनाएको हो। बिपीएसएले प्रहरीलाई जनतासामु खलनायकको रूपमा चित्रण गर्न अधिकारीलाई जिम्मेवार ठहर गरेको छ ।

बंगलादेशमा हजारौं प्रहरीको संगठन बीपीएसएले भनेको छ, ‘देशले कानुन बनाउँछ र हामी लागू मात्र गर्छौं। हामीले हाम्रा उच्च अधिकारीहरूको आदेश पालन गर्नुपर्छ, चाहे त्यो कानुनी होस् वा अवैध।’

शेख हसिनाले सोमबार राजीनामा दिएपछि देशभरका ४०० भन्दा बढी प्रहरी चौकीमा आक्रमण भएको प्रहरीले जनाएको छ । बंगलादेशमा भएको प्रदर्शनमा धेरै प्रहरीको पनि मृत्यु भएको थियो। आफ्नो विज्ञप्तिमा निर्दोष विद्यार्थीमाथि भएको कारबाहीप्रति बीपीएसले माफी मागेको छ ।

बंगलादेशमा प्रहरी हडतालपछि ‘अन्सार’ लाई ढाकाको प्रहरी चौकी, ट्राफिक र विमानस्थलको जिम्मेवारी दिइएको छ । बंगलादेशमा अन्सार मूलतया स्वयम्सेवकहरू हुन् जो आन्तरिक सुरक्षाका लागि मुख्य सुरक्षा बलहरूसँग तैनाथ हुन्छन्।बंगलादेशका जनसम्पर्क अधिकारी अन्सार मोहम्मद/रुबेल हुसेनले अन्सारले ढाकामा ट्राफिक नियन्त्रण गरिरहेका बताएका छन्।

प्रहरीले सुरक्षा चिन्तालाई मध्यनजर गर्दै हडतालको घोषणा गरेपछि अन्सार र गाउँ सुरक्षा बललाई धेरै प्रकारका प्रहरीको कामको जिम्मेवारी दिइएको छ ।

उनका अनुसार विमानस्थलमा अन्सार तैनाथ गर्ने प्रक्रिया पनि चलिरहेको छ । मंगलबार बंगलादेशको राजधानी ढाकामा कतै पनि प्रहरी गतिविधि वा उपस्थिति देखिएको छैन। बंगलादेशमा प्रहरी हवल्दारदेखि इन्स्पेक्टरसम्मको सङ्गठन ‘प्रहरी सेवा संघ’ले प्रहरीको जीवन रक्षा नभएसम्म हडतालमा रहने घोषणा गरेको छ ।

  • साझा परिवेश
  • बुधबार, साउन २३, २०८१ १0:४0

प्रतिक्रिया