June 5, 2025 | बिहिबार, जेष्ठ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

दशरथ रंगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता

  • साझा परिवेश
  • शुक्रबार, साउन २५, २०८१ १२:३६
दशरथ रंगशालाले पायो अन्तर्राष्ट्रिय मान्यता

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न मान्यता पाएको छ।बिहीबार एसियाली फुटबल महासंघ एएफसीले मान्यता दिएको अखिल नेपाल फुटबल संघ एन्फा सिइओ इन्द्रमान तुलाधरले जानकारी दिए।

‘हामीले समयमै रंगशालाको सबै प्रक्रिया पुर्‍याएर एएफसीलाई पत्र पठाएका थियौँ। एएफसीले प्रतियोगिता गर्न मान्यता दिएको छ,’ तुलाधरले भने।

राष्ट्रिय खेलकुद परिषद् राखेपले रंगशालाको संरक्षण गर्न थालेपछि पहिलोपटक एएएफसीले मान्यता दिएको हो। यसअघि मैदान तयार नहुँदा नेपालले फिफा विश्वकप २०२६ छनोटका खेल गुमाएको थियो। नेपालले बहराइनसँगको खेल बहराइन नै पुगेर खेलेको थियो। युएईसँगको खेल साउदी अरेबियामा खेलेको हो।

मैदानको दुबो, मैदानको सतह, फ्लड लाइट र सुरक्षाको कारण देखाउँदै एएफसीले जेठमा दशरथ रंगशालामा अन्तर्राष्ट्रियस्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो। राखेपले चैतबाटै मैदानको रेखदेख र संरक्षण सुरु गरेको थियो।

एएफसीका प्रतिनिधिले ९ साउनमा दशरथ रंगशालाको निरिक्षण तथा अवलोकन गरी मापदण्ड पूरा भएको प्रतिवेदन एन्फालाई दिएको हो। अब, २९ साउनमा हुने तय भएको एएफसी च्यालेन्ज लिग छनोट प्रतियोगिता यही मैदानमा हुनेछ।

नेपालको लिग विजेता मच्छिन्द्र एफसी र भुटानको लिग च्याम्पियनबीच साँझ ६ बजे खेल हुनेछ। यो खेलमा पारोको तर्फबाट जापानिज स्टार होन्डा पनि सहभागी हुनेछन्।

  • साझा परिवेश
  • शुक्रबार, साउन २५, २०८१ १२:३६

प्रतिक्रिया

नेपाल अपडेट