July 22, 2024 | सोमवार, साउन ७, २०८१
सुचनाहरु
सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? रविमाथि विनोद चौधरीको टिप्पणी- छानविनको घेरामा रहेको व्यक्तिले संसदमा स्टन्ट गरे आज प्रतिनिधि सभाको बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तरको कार्यसूची परराष्ट्र सचिव लम्साल आज चीन जाने ग्लोबल टी–२० लिग खेल्न सन्दीप क्यानडा प्रस्थान डेढ लाख घुससहित बिपी कोइराला क्यान्सर अस्पतालकी अधिकृत अख्तियारको नियन्त्रणमा पूर्व राज्यमन्त्री रायको हत्या बलिङ नचल्दा पाकिस्तानसँग नेपाल पराजित आज साउनको पहिलो सोमबार न्यूरोडमा पैदलमार्ग विस्तार गर्दा मेयर शाहले भ्रम फैलाएको स्थानीयको आरोप आज गुरुपूर्णिमा मनाइँदै सिमलताल बस दुर्घटना : बेपत्ता यात्रु र बसको खोजी गर्न भारतीय टोली आइपुग्यो रास्वपाको संसदीय दलको बैठक बस्दै भिसा प्रकरणमा उपसभामुख रानामगरले आर्थिक लेनदेन गरेको भेटिएन – रास्वपा महिला एसिया कप : आज नेपाल र पाकिस्तान तथा भारत र यूएईबीच प्रतिस्पर्धा गृहमन्त्री लेखक र अमेरिकी राजदूतबीच भेटवार्ता एसिया कप महिला क्रिकेटमा नेपाल र युएई भिड्दै तोलामा २ हजार रुपैयाँ घट्यो सुनको मूल्य प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल संसद भवन निर्माणको ढिलाइबारे सभामुखको असन्तुष्टि

लापरवाहीका कारण सुत्केरी र शिशुको मृत्यु

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३१, २०८० १५:0३
लापरवाहीका कारण सुत्केरी र शिशुको मृत्यु

तनहुँ ।।

  • आमा र शिशु दुबैको सुत्केरी गराउने क्रममा मृत्यु
  • उपचारको सिलसिलामा आमा र शिशुको मृत्यु भएको हो
  • चिकित्सकको लापरवाहीका कारण
  • पोष्टमार्टमको रिपोर्ट आएपछि प्रस्ट हुने 

व्यास नगरपालिका-१२ कमलबारी निवासी २७ वर्षीय शर्मिला आमा र शिशु दुबैको सुत्केरी गराउने क्रममा मृत्यु भएको छ । जेठ २८ गते उपचारका लागि पोखरास्थित क्षेत्रीय गण्डकी अस्पतालमा लगिएको र उपचारको सिलसिलामा आमा र शिशुको मृत्यु भएको हो ।

चिकित्सकको लापरवाहीका कारण महिला र शिशुले ज्यान गुमाउनुपरेको मृतकका आफन्तजनले बताएका छन् । छानबिनको लागि कास्कीका प्रमुख जिल्ला अधिकारी समक्ष उजुरी दिइएकाले पोष्टमार्टमको रिपोर्ट आएपछि छलफल गर्ने सहमति भएको मृतककी हजुरबुबा चीजबहादुर दरैले बताए ।

‘चिकित्सकले उपचार पद्धतिअनुरुप नै उपचार गरेको र गल्ती कही पनि नगरेको दाबी गरे पनि आमा र शिशु दुबैको मृत्यु भएपछि चिकित्सकको लापरवाही भएको अनुमान गरेका हौं’ चिजबहादुरले भने, ‘छानबिनको लागि प्रक्रिया अघि बढाएका छौँ, छानबिन भएपछि पुनःएक पटक बसेर छलफल गर्ने योजना बनाएका छौँ ।’

  • साझा परिवेश
  • बुधबार, जेष्ठ ३१, २०८० १५:0३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्