April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने

डीएसपी रोशनले भनेको सशस्त्र प्रहरीले नमानेपछि…..

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १२:५0
डीएसपी रोशनले भनेको सशस्त्र प्रहरीले नमानेपछि…..
  • स्थानीय तहका कर्मचारी र प्रहरीबीच घम्साघम्सी
  • नगर प्रहरीका डीएसपी रोशन खड्काले प्रहरीलाई लाठी नहान्न निर्देशन गरे 
  • उनको निर्देशन सशस्त्र प्रहरीका अधिकारीले टेरेनन्
  • त्यसपछि सशस्त्र प्रहरीका अधिकारीको उनले कठालो समाते

काठमाडौं ।।

सोमबार नयाँ बानेश्वरस्थित होटल एभरेष्ट अगाडि स्थानीय तहका कर्मचारी र प्रहरीबीच घम्साघम्सी भयो । निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्री बताउँछन् । त्यसक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले कर्मचारीमाथि लाठी चार्ज गर्यो । प्रहरी केही संयमित देखियो भने सशस्त्र प्रहरीले कर्मचारीमाथि निर्मम देखिइरहेको थियो ।

त्यहीबीच नगर प्रहरीका डीएसपी रोशन खड्काले प्रहरीलाई लाठी नहान्न निर्देशन दिइरहेका थिए । उनको निर्देशन सशस्त्र प्रहरीका अधिकारीले टेरेनन् । त्यसपछि सशस्त्र प्रहरीका अधिकारीको उनले कठालो समाते । विवाद हुने देखिएपछि अन्य अधिकारीहरुले छुट्ट्याए ।डीएसपी खड्का त्यतिमा रोकिएनन्, उनले प्रहरीका आफ्नै कर्मचारीलाई पनि थर्काउँदै लाठी नहान्न निर्देशन दिए । संघीय निजामती सेवा विधेयकमा आफूहरुको माग समेटिदिन भन्दै उनीहरु १५ असोजदेखि आन्दोलनरत् छन् । उनीहरुको प्रदर्शन मंगलबार पनि जारी छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, अशोज २३, २०८० १२:५0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।