भारतले थप ४ घण्टा विद्युत दिने भएको छ । इण्डियन इनर्जी एक्सजेञ्जबाट थप ६०० मेगावाट विद्युत दिन भारतले स्वीकृति दिएको हो ।
उक्त विद्युत ढल्केवर मुजफ्फरपुर प्रशारण लाइनबाट नेपालमा आउने भएको छ । हाल भारतले जुन ३० सम्मका लागि ईण्डियन इनर्जी एक्सचेञ्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत विद्युत उपलब्ध गराउँदै आएको थियो ।
ऊर्जामन्त्रीको अनुरोध र परराष्ट्र मन्त्रीको कुटनीतिक पहलपछि भारतले थप विद्युत दिने सहमति जनाएको हो ।
नेपाल विद्युत प्राधिकरणमा नयाँ कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यको नियुक्ति सँगै लोडसेडिङ हुने हल्ला चलेको थियो । तर भारत सरकारले हाल उपलब्ध गराउँदै आएको विद्युतका अतिरिक्त ६ सय मेगावाट विद्युत दिने स्वीकृति प्रदान गरेसँगै लोडसेडिङ हुने खतरा टरेको हो ।