राजसंस्था पुनस्थापनासहितको माग राखेर प्रदर्शनमा उत्रिएका राजावादीहरूको प्रदर्शनमा तनाव भएको छ । तीनकुनेस्थित चौरमा जारी प्रदर्शनकाबीच अवस्था तनावग्रस्त बनेपछि अश्रुग्यास प्रहारसमेत भएको छ । प्रर्दशनकारीले एक घरमा आगो लगाईदिएपछी आगो निभाउन आएको दमकलमाथि पनि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका छन् । प्रहरीसँगको झडपपछि प्रदर्शनकारीले स्थानीयको एक घरमा आगो लगाएका थिए
आगो दन्दनी बलेपछि निभाउन दमकल आएको हो । प्रदर्शनकारीहरूले दमकललाई लक्षित गरेर लगातार ढुंगा प्रहार गरिरहेका छन् ।
राजावादीहरू विभिन्न स्थानबाट जुलुसहित तीनकुने पुगेका छन् । यद्यपि त्यहाँ केहीबेर तनाव भएको छ ।
चाबहिल, भक्तपुर लगायत चक्रपथबाट राजावादीहरूले जुलुस निकालेका थिए । उक्त जुलुस तीनकुने पुगेपछि अवस्था तनावग्रस्त बनेको थियो ।