May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै

राप्रपाको एजेन्डाप्रति जनमत बढेकोमा खुशी छु : राजेन्द्र लिङ्देन

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १३:0७
राप्रपाको एजेन्डाप्रति जनमत बढेकोमा खुशी छु : राजेन्द्र लिङ्देन
  • पार्टीको एजेन्डाका पक्षमा जनमत बढ्दै
  • अध्यक्ष लिङ्देन पार्टी प्रतिपक्षको भूमिकामा थप सशक्त हुने
  • राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएकोमा चिन्ता व्यक्त

काठमाडौं ।।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको एजेन्डाका पक्षमा जनमत बढ्दै गएको निष्कर्ष बैठकमा सुनाएका छन् । आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशा विषयमा ब्रिफिङ गरेको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी गराए । राप्रपाको एजेन्डाका पक्षमा जनमत बढ्दै गएको निष्कर्षसहित अध्यक्ष लिङ्देनले पार्टी प्रतिपक्षको भूमिकामा थप सशक्त हुने बताएका छन् ।

लिङ्देनले सडक संघर्षलाई प्राथमिकता दिने कार्यनीति पार्टीले बनाएको बताए । ‘सत्तापक्ष र प्रतिपक्षसमेत मिलेमतोमा कमाउ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्नुभएको छ,’ प्रवक्ता श्रेष्ठले भने, ‘भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरूको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।’

समान विचार भएकाहरुसँग एकताको सम्भावना लिङदेनले बैठकमा प्रस्तुत गरेका छन् । बैठकमा महामन्त्री डा. धवलशम्सेर राणाले वृहत आन्दोलन सम्बन्धि कार्ययोजना, कोषाध्यक्ष निलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदन, सचिवालयका मुख्य सचिव केदारबहादुर अधिकारीले सचिवालयसम्बन्धी प्रतिवेदन पेस गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । सबै प्रदेशको प्रतिवेदन पेस भइसकेपछि आज नै छलफल प्रारम्भ हुने राप्रपाले जानकारी गराएको  छ ।

 

  • साझा परिवेश
  • आइतवार, पुस १, २०८० १३:0७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।