कक्षा १२ को परीक्षा तोकिएको मितिबाटै संचालन हुने विषयमा अन्योल सिर्जना भएको छ । वैशाख ११ गतेदेखी सुरु हुने परिक्षा आउन अब केवल ४ दिन बाँकी छ ।
तर शिक्षकहरुको आन्दोलनले परिक्षा हुने विषयमा शंङ्का उत्पन्न भएको छ । जसका कारण विद्यार्थिहरुमा मानसिक तनाव बढेको छ ।
तर परिक्षा बोर्डले भने समयमै परिक्षा हुने कुरा स्पष्ट पारेको छ। बोर्डले परीक्षा नहुनेजस्ता हल्ला नफिजाउन सबैलाई आग्रह गर्दै तयारीमा जुट्न विद्यार्थीहरूलाई आह्वान गरिरहेको छ।
तर अर्कोतर्फ, शिक्षक महासंघले भने नयाँ मोड लिँदै सम्पूर्ण विद्यालय बन्द गराएर सबै शिक्षकहरूलाई काठमाडौंमा आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ।
शिक्षक महासंघको निरन्तर आन्दोलन आह्वानले एकातिर शैक्षिक गतिविधि प्रभावित हुने चिन्ता बढेको छ भने अर्कोतिर विद्यार्थी, अभिभावक र बोर्ड तनावमा परेका छन्।
यस्तो परिस्थितिमा परीक्षाको तयारी गरिरहेका विद्यार्थीहरू अन्योलमा छन्—उनिहरुमा पढ्ने कि आन्दोलनको असरको प्रतीक्षा गर्ने भन्ने विषयमा अन्योल सिर्जना भैरहेको छ ।