धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भरतपुर महानगरपालिकाकी मेयर तथा प्रचण्ड पुत्री रेणु दाहालप्रति सामाजिक सञ्जालमार्फत तीव्र कटाक्ष गरेका छन्। रेणु दाहालले दिएको एक अन्तरवार्ताको प्रतिक्रिया दिँदै साम्पाङले प्रधानमन्त्री हुँदा रेणुका बुबा पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सप्तकोशीको पानी ल्याउन आफूले मागेको बजेटमा केवल २० लाख छुट्याएको भन्दै गुनासो गरेका छन्। उनले लेखेका छन्, “बाउ ठीक रैन्छन्, पार्टी झन् ठीक छैन।”
साम्पाङले धरानमा एयरपोर्ट निर्माण नहुनुमा समेत प्रचण्ड र उनको पार्टीलाई दोष दिएका छन्। “एयरपोर्ट माग्दा तपाईँकै पार्टीका मन्त्री सुदन किरातिले ‘विराटनगरमा छँदै छ’ भनेर अस्वीकार गरेका हुन्,” भन्दै उनले विभेदको आरोप लगाएका छन्।
उनको आरोप छ—प्रचण्ड प्रधानमन्त्री हुँदा भरतपुरमा मात्रै बजेट खन्याएर अन्य पालिकाहरूप्रति अन्याय गरिएको छ।
साम्पाङ्को यस अभीव्यक्तिले अहिले सामाजीक संजालमा निकै चर्चा बटुलिरहेको छ ।