नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिकरण ५ अर्ब २६ करोड घाटामा रहेको दाबी गरेका छन् । उता तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङले भने प्राधिकरण ८ अर्ब बढी नाफामा रहेको दाबी गर्दै आएका थिए। तर अहीले शुक्रबार हितेन्द्रदेव शाक्यले पत्रकार सम्मेलन गर्दै प्राधीकरण ५ अब भन्दा बढी घाटामा रहेको दाबीसहितको श्वेतपत्र सार्वजनिक गरेका छन्। हितेन्द्रका अनुसार विद्युत प्राधिकरणको आर्थिक अवस्था दयनीय देखिएको छ । हितेन्द्रदेव शाक्य आफैँले प्राधिकरण टाट पल्टिएको अवस्थामा रहेको र सरकारले सहयोग नगरे अवस्था झन् जटिल हुने बताएका छन् ।
अहिले प्राधिकरणसँग तत्कालै भूक्तानी दिनुपर्ने दायित्व सकार्ने पैसा समेत नरहेको तथ्य श्वेतपत्रमा उजागर गरिएको छ ।
हितेन्द्रदेव शाक्य भन्छन्, ‘चालु आवको फागुन मसान्तसम्म ९ अर्ब ४८ करोड रुपैयाँ नाफा भएको थियो । आयकर ऐनको प्रावधान अनुसार थप ह्रासकट्टीको दाबीसहितको नाफा(नोक्सान गणना गर्दा हालसम्म कूल ५ अर्ब २६ करोड नोक्सानी मै रहेको देखिन्छ’।