May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

कोरोना भ्याक्सिनको नमुना लिएर रुसी टोली नेपाल आउँदै

  • साझा परिवेश
  • शनिबार, मंसिर २०, २०७७ 0९:४७
कोरोना भ्याक्सिनको नमुना लिएर रुसी टोली नेपाल आउँदै

काठमाडौं : रुसले विकास गरेको कोरोनाविरुद्धको भ्याक्सिन (खोप)को नमुना लिएर रुसी कूटनीतिक टोली नेपाल आउने भएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालका विज्ञ सल्लाहकार डा खेम कार्कीले आगामी हप्ता रुसी कुटनीतिक टोली नेपाल आउने जानकारी दिएका हुन्। टोलीले कोरोना विरुद्धको खोपको नमुनासमेत ल्याउने उनको भनाइ छ।

रुसी टोलीको नेपाल भ्रमणकै विषयमा केन्द्रित भएर स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई नेपालस्थित रसियन राजदूतावासका टोलीले भेट गरेका छन्। रुसी टोलीको नेपाल भ्रमण र मन्त्रीसँग दूतावासका कर्मचारीको भेटका विषयमा जिज्ञासा राख्दा डा कार्कीले भेट विशेष नभएको बताए। ‘यो ठूलो विषय होइन। रुसले एउटा माइनस १८ र अर्को २ देखि ८ डिग्री सेल्सियसमा भण्डारण गर्नुपर्ने भ्याक्सिन बनाएको रहेछ,’ मन्त्रीका विज्ञ सल्लाहकार डा कार्कीले भने, ‘उहाँहरू नेपालमा आउँदा त्यसको केही स्याम्पल नेपाल लिएर आउने र त्यसलाई भण्डारण गर्ने विषयमा कुराकानी भएको हो।’

डा कार्कीका अनुसार रुसले विकास गरेको खोप नेपालमा प्रयोग गर्ने गरी ल्याउन लागिएको भने होइन। ‘कुनै पनि खोप प्रयोग गर्नुपूर्व नेपाल औषधि विभागमा दर्ता गर्नुपर्ने हुन्छ। अन्य धेरै प्रक्रिया पनि छन्,’ उनले भने, ‘अहिल्यै प्रयोग गर्ने गरी ल्याउन लागिएको होइन।’

नेपालसँग कूटनीतिक सम्बन्ध भएका देशलाई कोभिड भ्याक्सिनमा सहयोग गर्न आग्रह गर्दै नेपालले कूटनीतिक रूपमा पत्राचार गरेकाले त्यसको ‘रेन्सपोन्स’ गर्न रुसी टिम नेपाल आउन लागेको उनको भनाइ छ। रुसले स्पुतनिक-भी भ्याक्सिन निर्माण गरिरहेको छ। यसको प्रभावकारिता दर ९० प्रतिशतभन्दा बढी भएको दाबी गरिँदै आएको छ। तर यसको प्रयोगका लागि स्वीकृति भने दिइएको छैन।

  • साझा परिवेश
  • शनिबार, मंसिर २०, २०७७ 0९:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।