May 9, 2025 | शुक्रबार, बैशाख २७, २०८२
सुचनाहरु
भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग   यसरी हेर्नुस् डिभीको रिजल्ट  सगरमाथा माउन्ट एभरेष्ट होइन : प्रधानमन्त्री ओली नेपाल विद्युत प्राधिकरण ५ अर्ब २६ करोड घाटामा छ:   हितेन्द्रदेव शाक्य

झाडीमा भेटिएकी ‘मानवी’ले पाइन् अभिभावक

  • साझा परिवेश
  • शनिबार, मंसिर २७, २०७७ १७:३२
झाडीमा भेटिएकी ‘मानवी’ले पाइन् अभिभावक

काभ्रे : सात महिनाअघि झाडीमा भेटिएकी बालिका ‘मानवी’ले अभिभावक पाएकी छन् । नमोबुद्ध नगरपालिका काभ्रेका प्रमुख टिपी शर्मा तिमल्सिनाले मानवीको अभिभावकत्व ग्रहण गरेका हुन् । मानवीको अभिभावकत्वसँगै उनको अन्नप्रशासनसमेत शनिबार सम्पन्न गरिएको छ । धुलिखलस्थित मानव कल्याण समाजले सञ्चालन गरेको सेवा घरमा मानवीको अन्नप्रशासन गरिएको हो ।

सिन्धुपाल्चोकको एउटा झाडीमा फालिएको अवस्थामा स्थानीय शिक्षकहरुले मानवीलाई भेटेका थिए । मानवी आमाको गर्भमा रहेको सात महिनामै जन्मिएकी थिइन् । मानसिक अवस्था कमजोर भएकी आमाबाट जन्मिएकी उनलाई जन्मेको १७ औं दिनमा उद्धार गरिएको थियो । उद्धार गर्दा अत्यन्तै नाजुक अवस्थामा रहेकी उनको स्वास्थ्य अहिले पुर्णरुपमा ठीक भइसकेको छ । हाल उनमा कुनै पनि किसिमको स्वास्थ्य समस्या देखिएको छैन ।

मानव कल्याण समाजले उद्धार गरेपछि उनको २५ औं दिनमा न्वारान गरिएको मानव कल्याण समाजकी अध्यक्ष सुमित्रा चौलागाईंले बताइन् । ती बालिकाको समाजले नै ‘मानवी’को रुपमा नामाकरण गरिदिएको हो । यसअघि तीनजना बालिकाको अन्नप्रशासन मानव कल्याण समाजमा भइसकेको छ ।


नमोबुद्ध नगरका नगरप्रमुख टिपी शर्मा तिमल्सिनाले यसअघि ६ जना बालबालिकाको शिक्षादीक्षाका लागि अभिभावकत्व ग्रहण गरिसकेका छन् । उनले ती बालबालिकालाई आफ्नो जन्मदिनको अवसर पारेर शिक्षा खर्च उपलव्ध गराउने गरेका छन् । आफूले सातौं नातिनीको रुपमा मानवीको अभिभावकत्व ग्रहण गरेको तिमल्सिनाले बताए । सडक मानवमुक्त नेपाल बनाउने मानव कल्याण समाजको अभियानमा आफू र नगरपालिका पनि जोडिएको भन्दै उनले मानवीको शिक्षादीक्षा लगायतका कुरामा आगामी दिनमा सहयोग गर्ने बताए ।

मानवीको अन्नप्रशासनका लागि नगर प्रमुख तिमल्सिना श्रीमति सरस्वती तिमल्सिनासहित उपस्थित भएका थिए । तिमल्सिना दम्पतीले मानवीको मामाघरको हजुरबुबा÷हजुरआमाको रुपमा अभिभावकत्व ग्रहण गरेका छन् । नगर प्रमुख तिमल्सिनाले समाजका लागि सेवा घर निर्माण गर्न नमोबुद्ध नगरपालिकाभित्र आवश्यक जग्गा उपलव्ध गराउने घोषणासमेत गरेका छन् । आगामी बर्षदेखि आफ्नो जन्मदिनसमेत सेवा घरमा रहेकाहरुको सेवा गरेर मनाउने पनि तिमल्सिनाले बताए ।

कार्यक्रमकै अवसरमा नमोबुद्ध नगरपालिका र मानव कल्याण समाजबीच सहयोग आदानप्रदानबारे सम्झौतासमेत भएको छ । सम्झौताअनुसार समाजले सडकमा रहेका बेवारिसे मानिसको उद्धार गर्नेछ भने सम्भव भएकालाई परिवारमा पुनस्र्थापनाको काम गर्नेछ । यसका लागि नगरपालिकाले समाजलाई १ लाख १ सय ११ रुपैयाँ सहयोग उपलव्ध गराएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेल र समाजकी अध्यक्ष सुमित्रा चौलागाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममै नगर प्रमुख तिमल्सिनाले सम्झौतामा उल्लेख भएअनुसारको १ लाख १ सय ११ रुपैयाँको चेक अध्यक्ष चौलागाईंलाई हस्तान्तरण गरेका छन् । मानवीको अन्नप्राशनका लागि लागेको सम्पूर्ण खर्चसमेत नमोबद्ध नगरपालिकाले ब्योहोर्ने छ ।

कार्यक्रममा पाँचखाल नगरपालिकाकी उपप्रमुख लक्ष्मी दनुवारले सडकमानव मुक्त नेपालको अभियानमा आफू र पाँचखाल नगरपालिकाले सक्दो सहयोग गर्ने बताइन् । कार्यक्रममा नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले मानवीका लागि आगामी दिनमा पनि नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले सडक मानव मुक्त नेपाल निर्माणका लागि अघि बढेको मानव कल्याण समाजसँगको सहकार्यलाई समेत नगरपालिकाले प्राथमिकता दिने बताए ।

कार्यक्रममा नमोबुद्ध नगरपालिका युवा परिषदका कार्यकारी उपाध्यक्ष अशोक खनाल, विभिन्न सामाजिक अभियन्ताहरुले सडकमानव मुक्त नेपाल निर्माणको अभियानको प्रशंसा गर्दै अभियानको सफलताका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताए । कार्यक्रममा बेवारिसे मानिसको उद्धार तथा पुनस्र्थापनामा सहयोग गर्ने, सेवाघर सञ्चालनका लागि सहयोग गर्ने विभिन्न व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो ।

बेवारिसे मानिसहरुको उद्धार गर्दै आइरहेको मानव कल्याण समाजले भक्तपुर, काभ्रेको धुलिखेल र दाङ गरी तीन ठाउँमा सेवा घर सञ्चालन गर्दै आइरहेको छ । त्यसमध्ये भक्तपुरमा ५० जना रहेका छन् भने धुलिखेल र दाङमा २५÷२५ जनाले आश्रय लिइरहेका छन् । सेवा घरमा सानो उमेरदेखि वृद्धावास्थासम्मका व्यक्तिहरुले आश्रय लिइरहेका छन् ।

तीमध्ये कतिपय दीर्घरोगीसमेत रहेका छन् भने कतिपयको मानसिक अवस्था स्थिर नरहेको समाजले जनाएको छ । ७ जना युवाहरुको सक्रियतामा २०७२ सालको भुकम्पपछि सडकमा रहेकाहरुलाई खाना खुवाउने क्रममा सुरु भएको समाजमा हाल २१ जना पूर्णकालिन अभियन्ता रहेका छन् । समाजले अहिलेसम्म कुनै पनि विदेशी दाताबाट सहयोग रकम नलिएको अध्यक्ष चौलागाईंले बताइन् ।

  • साझा परिवेश
  • शनिबार, मंसिर २७, २०७७ १७:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्