May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो

झापामा ४६ जना स्वतन्त्र उम्मेदवार, कसलाई कुन चुनाव चिन्ह ?

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ १0:३७
झापामा ४६ जना स्वतन्त्र उम्मेदवार, कसलाई कुन चुनाव चिन्ह ?

आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि झापामा ४६ जना स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।

प्रतिनिधिसभातर्फ २९ र प्रदेशसभातर्फ १७ जना उम्मेदवार बनेका हुन् । प्रतिनिधिसभातर्फ सबैभन्दा बढी स्वतन्त्र उम्मेदवार झापा क्षेत्र नं ५ मा खडा भएका छन् । त्यहाँ दुईजनाले उम्मेदवारी फिर्ता लिएपनि १२ जना स्वतन्त्र उम्मेदवार चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने स्वतन्त्र उम्मेदवारहरुले चुनाव चिन्ह पाइसकेका छन् ।

धेरैले जेब्रा चिन्ह रोजेका छन् । स्वतन्त्र उम्मेदवारहरुले निम्न अनुसारको चुनाव चिन्ह पाएका छन् । प्रतिनिधिसभातर्फ क्षेत्र नं १ मा केन्द्रकुमारी दाहाल –महिला, विदुरकुमार खतिवडा–क्रस खुकुरी , क्षेत्र नं २ मा कुमार भट्टराई–चापाकल ,खेमराज दाहाल– पुतली , चेतकुमार खनाल–ट्राफिक प्रहरी , भद्रप्रसाद नेपाल–क्रस खुकुरी ,राजकुमार तामाङ–माछा , क्षेत्र नं ३ मा डम्बरबहादुर गिरी –सूर्यमुखी फूल,प्रेमप्रसाद खनाल–क्रस खुकुरी , मनोरथ राजवंशी–चापाकल , क्षेत्र नं ४ मा कमलबहादुर पौडेल– सूर्यमुखी फूल , किरण श्रेष्ठ –सेलरोटीको चाङ , खुश्बु ओली –क्रस खुकुरी , नन्दराज राई– माछा , पूर्णकुमार लिम्बू– चेसबोर्ड ,लक्ष्मीनारायण खनाल– सेफ्टी पिन , क्षेत्र नं ५ मा इन्द्रमणि दाहाल– अर्ना , कल्पना लावती– क्रस खुकुरी ,केदारनाथ चापागाई– मुढा , तीर्थेश्वर चौधरी– त्रिभुज , तुलसीराम काफ्ले– सूर्यमुखी फूल , दीपककुमार पाठक– पुतली , भेषराज भट्टराई– क्यामरा , रामचन्द्र बानिया– ट्राफिक प्रहरी , रेवतीरमण खनाल–घण्टाघर , रोहितप्रसाद पौडेल– ग्यास सिलिन्डर , शान्ता अधिकारी – मुसो र सिताराम पोखरेलले चेसबोर्ड चुनाव चिन्ह पाएका छन् ।

त्यस्तै प्रदेशसभातर्फ क्षेत्र नं १(२) मा हिराप्रसाद पोखरेल–जेब्रा , २(१) मा राजु प्रसाई –जेब्रा ,२(२) मा अनिरुद्र तिम्सिना –जेब्रा , ३(१) मा जमालुद्धिन मिया –पानीको धारा , हेमलाल भट्टराई –जेब्रा , ३(२) मा त्रिलोचन मैनाली –जेब्रा , ४(१) मा मेहरमान बस्नेत– ड्रमसेट , रमेशप्रसाद आचार्य–जेब्रा , शान्तिराम न्यौपाने –जाँतो ,४(२)केहरसिंह बस्नेत –लालटीन ,जयप्रसाद चम्लागाई– बिजुलीको चिम ,५(१) मा इन्दीरादेवी दाहाल– उडिरहेको चिल ,लेखमाया श्रेष्ठ– झ्याली , ५(२) मा डम्बरबहादुर दाहाल–ब्याडमिन्टन कक , तीर्थ नेपाल– जेब्रा ,धिरज बज्राचार्य– आँखी झ्याल र मधु थापा मगरले लालटीन चुनाव चिन्ह पाएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी प्रेम न्यौपानेले जानकारी दिए ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ १0:३७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट