May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ

राससका २२ पत्रकार हटाउन लागिएको भन्दै विरोध

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ १२:0१
राससका २२ पत्रकार हटाउन लागिएको भन्दै विरोध

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)का २२ जनालाई पत्रकारलाई हटाउन लागिएको भन्दै नेपाल पत्रकार महासंघ र पेशागत पत्रकार संगठनहरुले विरोध जनाएका छन् । लामो समयदेखि कार्यरत करार र ज्यालादारीमा कार्यरत पत्रकारहरुलाई आउँदो कात्तिक १ गतेदेखि हटाउन लागिएको भन्दै नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा पत्रकारका नेताहरुसहित संयुक्त बैठक बसेको थियो । बैठकले पत्रकारहरुलाई हटाउन लागिएको विरोधमा असोज २८ गते १ बजे महासंघको अगुवाइमा रासस केन्द्रीय कार्यालयमा प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण शर्माले श्रमजिवी पत्रकारहरुलाई हटाउन लागिएको विरोधमा चरणबद्ध आन्दोलनमा जाने बताए ।

समाजवादी प्रेस संगठनका कार्यवाहक अध्यक्ष विश्वमणि सुवेदी, नेपाल प्रेस युनियनका उपाध्यक्ष जीवन भण्डारी, प्रेस चौतारी नेपालका महासचिव हिरामान लामा, प्रेस सेन्टरका महासचिव सन्तोष पौडेल, प्रेस चौतारीको प्रदेश प्रतिष्ठान इन्चार्ज मोहन बास्तोला लगायतले श्रमजीजी पत्रकारहरुलाई कुनै पनि हालतमा हटाउन नदिइने बताए ।

त्यसअघि राससका अस्थायी, करार र ज्यालादारी पत्रकार कर्मचारी संघर्ष समितिका संयोजक रमेश गिरी नेतृत्वको टोलीले नेपाल पत्रकार महासंघ र पत्रकारका संघ संगठनका नेतृत्वलाई ज्ञापनपत्र बुझाएको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, अशोज २८, २०७९ १२:0१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।