May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

नेपालमा दैनिक तीनदेखि पाँचको शव नेपाल भित्रिरहेको अवस्थाको अन्त्य कहिले हुन्छ ?

  • साझा परिवेश
  • सोमवार, अशोज ३१, २०७९ ११:१५
नेपालमा दैनिक तीनदेखि पाँचको शव नेपाल भित्रिरहेको अवस्थाको अन्त्य कहिले हुन्छ ?

वैदेशिक रोजगारीमा गएर फर्किएकालाई स्वदेशमै टिकाउनका लागि ‘वेलकम होम’ परियोजना सञ्चालनमा आएको छ । प्रदेश नं १ को झापा, मोरङ र सुनसरीमा यो परियोजना सञ्चालनमा आएको हो । कथा नेपालले आइतबार भद्रपुरमा ‘मिडिया अन्तक्र्रिया’ कार्यक्रमको आयोजना गरी परियोजनाबारे जानकारी दिएको छ । कथा नेपालका नेशनल को–अर्डिनेटर ताराप्रसाद बडहरियाले विदेशबाट दुःख पाएर फर्किका, ज्ञान–सीप लिएर आएकालाई आर्थिक एकीकरण सहयोग गर्ने उद्देश्यले परियोजना सञ्चालनमा आएको बताउनुभयो ।

परियोजनाअन्तर्गत विदेशबाट फर्किएकाका लागि रोजगारी सिर्जना, क्षमता अभिवृद्धि, विदेशमा प्राप्त गरेको ज्ञान–सीपलाई स्वदेशमै प्रयोग गर्ने अवस्था बनाउनेलगायतका क्रियाकलाप गरिने जनाइएको छ । उहाँले भन्नुभयो, “श्रम बजारमा भोगेका समस्यालाई पहिल्याउने र समाधान गर्ने कार्ययोजना छ, विदेशबाट फर्किएर पुनः विदेश नै जानुपर्ने अवस्था रहेको छ । आवश्यक तालिम दिएर रोजगारीमा फर्काउने र समाजमा स्थापित गर्ने काम गर्छौं ।”

कार्यक्रममा पौरखी नेपालकी मञ्जु गुरुङले विदेशबाट फर्किंदा घरपरिवार र सम्पत्ति दुवै नरहने कतिपय टिठलाग्दो अवस्था रहेको बताउनुभयो । “अझ विदेश गएरका र फर्किएका महिला बढी समस्यामा छन्”, उहाँले भन्नुभयो, “उनीहरुलाई सम्मानका साथ समाजमा स्थापित गर्ने काम गरिरहेका छौँ ।” रोजगारीको खोजीमा नेपाली जनशक्ति विदेशिरहेको अवस्था एकतातिर छ भने स्वदेशमा श्रमशक्ति अभाव हुँदा छिमेकी मुलुकबाट धेरैले काम गरिरहेको अवस्था छ । उनीहरुलाई आवश्यक तालिम, परामर्श दिने र स्वदेशमै टिकाउने सोचका साथ परियोजना अघि बढाइएको जनाइएको छ ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले भद्रपुर नगर क्षेत्रबाट करिब पाँच हजार वैदेशिक रोजगारीमा गएको बताउनुभयो । “त्यति नै मान्छे विदेशबाट फर्किएका छन्”, नगर प्रमुख पोखरेलले भन्नुभयो, “वैदेशिक रोजगारीका क्षेत्रमा धेरै समस्या छन्, पालिकास्तरबाटै हामी काम गर्ने सोचमा छौँ ।” नगरपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका र जानेका लागि वित्तीय साक्षरता, परामर्श, उद्यमशीलतालगायतको काम गर्दै आएको र केही उपलब्धिसमेत हासिल भएको नगर प्रमुख पोखरेलले बताउनुभयो ।

यस्तै, जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले वैदेशिक रोजगारलाई एउटा अवसरका रुपमा हेरिनुपर्नेमा अनिवार्यजस्तै बनेको बताउनुभयो । “निर्वाहमुखी कृषि र वैदेशिक रोजगारीले अर्थतन्त्र धानेको छ”, उहाँले भन्नुभयो, “यसले गरिबी निवारणमा केही हदसम्म काम गरे पनि दीर्घकालीन फाइदा गर्दैन ।”

दैनिक दुई हजार तीन सयनेपाली विदेशिइरहेको र तीनदेखि पाँचको शव नेपाल भित्रिरहेको टिठलाग्दो अवस्था रहेको उहाँले उल्लेख गर्नुभयो । यस्तो अवस्था अन्त्यका लागि स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा भद्रपुर नगरपालिकार्की उपप्रमुख राधा कार्कीले विदेश नगई हुने अवस्था रहेकाले सोको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । “सबैको सहयोग र प्रयासबाट मात्र सम्भव छ”, उहाँले भन्नुभयो, “हामी आफैँले केही गर्नुपर्ने बेला आएको छ । वेलकम होम परियोजना जिल्लाभर सञ्चालनमा आइसकेको कथा नेपालले जनाएको छ ।

  • साझा परिवेश
  • सोमवार, अशोज ३१, २०७९ ११:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।