November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

क्षमताभन्दा बढी यात्रु बोक्दा बझाङ दुर्घटना, सातै जना मृतकको सनाखत

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३, २०७९ 0८:४७
क्षमताभन्दा बढी यात्रु बोक्दा बझाङ दुर्घटना, सातै जना मृतकको सनाखत

बझाङमा क्षमताभन्दा बढी यात्रु बोक्दा जीप दुर्घटना भएको छ । क्षमताभन्दा बढी यात्रु बोक्दा बुधबार जिल्लाको मष्टा गाउँपालिका १ तुफानडाँडा नजिकै जीप दुर्घटना भएको हो ।

क्षमताभन्दा बढी यात्रु बोक्दा जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको र १६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी जागेश्वर भण्डारीले बताए । उनका अनुसार  सुर्मादेवी मेला हेरेर घर फर्किने क्रममा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो । जीप सडकभन्दा झण्डै ३ सय मिटर तल खसेको थियो ।

मृत्यु हुनेमा मष्टा गाउँपालिका २ का १३ वर्षीया सम्झना खडका, १५ वर्षीय रोसन खडका, १६ वर्षीय प्रचण्ड खडका, २८ वर्षीय बसन्ती धामी, ३७ वर्षीय बिरेन्द्र अधिकारी, ७ महिनाकी दत्शिका कठायत र शुक्लाफाटा ७ का झरेन्द्र बोहरा रहेका छन् ।

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३, २०७९ 0८:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्