May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

ओलीले हलोमा र लिङ्देनले सूर्यमा भोट हाल्न कार्यकर्तालाई निर्देशन

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३, २०७९ 0८:५१
ओलीले हलोमा र लिङ्देनले सूर्यमा भोट हाल्न कार्यकर्तालाई निर्देशन

कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हलोमा र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सूर्य चिन्हमा भोट हाल्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

बुधबार मेचीनगर–१०, धुलाबारी स्थित पासाङ ल्याहमु स्मृति प्रतिष्ठान (टाउन हल) मा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले आफ्ना कार्यकर्तालाई हलोमा र राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना कार्यकर्तालाई सूर्य चिन्हमा भोट हाल्न निर्देशन गरेका हुन् ।

‘राप्रपासँग तालमेल भएको छ’, पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने –‘एमाले कार्यकर्ता इमानदार छन् । राप्रपाका उम्मेद्वारलाई हलो चिन्हमा भोट हाल्नु पर्छ ।’

यता राप्रपा अध्यक्ष लिङ्देनले आफ्ना कार्यकर्तालाई झापा–१ मा एमालेको सूर्य चिन्हमा भोट नहाले ४ मंसिरपछि राप्रपाका कार्यकर्ताको रुपमा भेट नहुने बताए ।

‘हाम्रा कार्यकर्ता विश्वाससिला र इमानदार छन्’, लिङ्देनले भने–‘धोका हुँदैन । झापा–१ मा सूर्य चिन्हमा हालेको भोट क्षेत्र नम्बर ३ मा हलोमा जान्छ । राप्रपाका कार्यकर्ताले देशभरि नै सूर्य चिन्हमा भोट हाल्नु पर्छ ।’

  • साझा परिवेश
  • बिहिबार, कार्तिक ३, २०७९ 0८:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।