May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

एमालेलाई धक्का– अग्निलाई छाडेर विश्वप्रकाशलाई साथ

  • साझा परिवेश
  • सोमवार, कार्तिक २१, २०७९ १७:१0
एमालेलाई धक्का– अग्निलाई छाडेर विश्वप्रकाशलाई साथ

झापा । झापा क्षेत्र नं. १ का उम्मेद्वार विश्वप्रकाश शर्माले एमाले पार्टीका साथीहरुको आशिर्वाद पाएका कारण यसपाली चुनाव जित्न सजिलो भएको बताएका छन् ।
भृकुटी बजारमा सोमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले मुलुकको नेतृत्व अब झापा क्षेत्र नं. १ ले गर्ने बताए । भृकुटी बजारमा आयोजित कार्यक्रमका बीच एमाले पार्टीका १३० भन्दा बढी नेता तथा कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
नवप्रवेशी नेता तथा कार्यकर्तालाई काँग्रेस पार्टीमा स्वागत गर्दै शर्माले भूगोल र भावना बुझेका गठबन्धनका उम्मेद्वारलाई जिताउन आफ्ना ठाउँबाट मत दिन आव्हानसमेत गरे । ‘गठबन्धनलाई जिताउन एमाले पार्टीमा आबद्ध साथीहरुको सहयोग प्राप्त भएको छ,’ उनले भने, ‘तपाईहरु जुन पार्टीमा हुनुहुन्छ, त्यही पार्टीमै बस्नोस् । तर, यसपाली संघमा म विश्वप्रकाश, प्रदेशमा गोपाल र श्यामवीर जीलाई भोट दिएर जिताउनु होस् ।’
उनले विश्वप्रकाश शर्मा कहिले नथाक्ने पनि स्पष्ट पारे । ‘म यसअघि दुई पटक उपविजेता भएँ,’ उनले भने, ‘तर, विश्वप्रकाश हार्दैन पनि थाक्दैन नि ।’ काँग्रेसका महामन्त्री समेत रहेका शर्माले भृकुटी बजार जोड्ने सडक कालेपत्रेका लागि सरकारबाट बजेट विनियोजन भएको जानकारी दिए ।
कार्यक्रममा प्रदेश सभाका उम्मेद्वार गोपाल तामाङले राजनीतिलाई पेशा होइन, सेवाको रुपमा जनताको काम गर्ने वचन दिए । उनले यस क्षेत्र विकासका निम्ति सदैव लागि पर्ने विश्वास दिलाए ।
कार्यक्रममा एमाले निकट संगठन क्युपेक नेपाल मेचीनगर सचिव युवराज प्रधान, वडा नं. २ स्थित दिपज्योति टोलका अध्यक्ष खमबहादुर राई, एमाले पार्टीका सक्रिय सदस्य देउकुमार राई, बविता राई, मेनुका प्रधान, जया राई लगायतले एमाले छाडेका हुन् ।
कार्यक्रममा नेपाली काँग्रेस झापाका कार्यवाहक सभापति केशवराज पाण्डे, पूर्व उपसभापति राम कट्टेल, मेचीनगरका निवर्तमान नगर प्रमुख विमल आचार्य, नेपाली काँग्रेस मेचीनगर सभापति सुदय पनेरु, काँग्रेस प्रदेश ‘क’ सभापति हरि बुढाथोकीलगायतको उपस्थिति रहेको थियो । काँग्रेस वडा नं २ का वडा सभापति राजु रिजालको अध्यक्षता तथा माओवादी केन्द्रका नेता गोपी रिजालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

  • साझा परिवेश
  • सोमवार, कार्तिक २१, २०७९ १७:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।