May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

मोलुङमा ३ दर्जन बढी जसपा प्रवेश

  • साझा परिवेश
  • शनिबार, कार्तिक २६, २०७९ २0:0४
मोलुङमा ३ दर्जन बढी जसपा प्रवेश

 

ओखलढुंगा / ओखलढुंगाको मोलुङ गाउँपालिका ७ तालकोटमा विभिन्न पार्टी परित्याग गरी ३ दर्जन बढी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । क्रान्तिकारी माओवादी लगायत एमाले, कांग्रेस परित्याग गरी दर्जनौ नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् ।
मोहन वैद्य नेतृत्वका माओवादी क्रान्तिकारीका खिजीदेम्बा इन्चार्ज तथा शेर्पा मुक्ति मोर्चा नेपालका जिल्ला अध्यक्ष मोलुङ ७ कातिकेका गोम्बु शेर्पा लगायत दर्जनौलाई जनता समाजवादी पार्टीमा जसपा प्रदेश सदस्य गम्बु शेर्पाले पार्टीमा स्वागत गरे । पार्टी पत्यिाग गर्नुपूर्व शेर्पाले क्रान्तिकारी माओवादीलाई सिद्धान्तबाट विचलित भएको, अस्पष्ट नीति, नेतृत्वमा भ्रष्टिकरण भएको आरोप लगाए । प्रेस नोट जारी गर्दै शेर्पाले पार्टीले स्थानीय तह निर्वाचन २०७९ र प्रतिनिधी तथा प्रदेशसभा निर्वाचन २०७९ लाई वहिष्कार गर्ने जस्ता गलत निर्णयप्रति असन्तुष्टि समेत व्यक्त गरेका छन् ।
त्यस्तै, एमाले पार्टी परित्याग गरी भिम बहादुर विक लगायतले पनि जसपामा प्रवेश गरेका छन् । उनीहरुले पुरानो पार्टीबाट परिवर्तनको अपेक्षा गर्न नसक्ने, एमाले, कांग्रेस पार्टीहरु व्यक्तिगत स्वार्थ, नेतृत्वमा भ्रष्टिकरण र उत्पीडित वर्गमाथि थिचोमिचो गर्न उद्त रहेको भन्दै जसपा प्रवेश गरेको जनाइएको छ । तालकोट बजारमै आयोजित कार्यक्रममा प्रदेश सदस्य तथा खिजीदेम्बा गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले मोलुंग गाउँपालिका वडा नं. ७ तालकोटमा स्थापित पार्टीको वडा कार्यालय समेत उद्घाटन गरेको वडा समिति अध्यक्ष दामी भोटे शेर्पाले जानकारी दिए ।

  • साझा परिवेश
  • शनिबार, कार्तिक २६, २०७९ २0:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।