April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

झापा- १ अग्नी खरेललाई खतराको घण्टी !

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २९, २०७९ २१:४0
झापा- १ अग्नी खरेललाई खतराको घण्टी !

 

झापा ।। झापा क्षेत्र न १ मा प्रतिनिधिसभा सदस्यका लागि शीर्ष नेताहरुबीच कडा प्रतिष्पर्धा हुँदै छ । यश क्षेत्रमा ‘हेभीवेट’ उम्मेदवार चुनावी मैदानमा उत्रिएका । दुई चर्चित अनुहार सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री अग्नी खरेल बीच रोचक प्रतिस्पर्धा हुने छ । कांग्रेस उम्मेदवार शर्मालाई माओवादी केन्द्रको समर्थन छ भने एमालेका उम्मेदवार खरेललाई राप्रपाले समर्थन गरेको छ ।

कांग्रेसमा नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै पार्टीको राजनीतिमा आएका महामन्त्री शर्मा कांग्रेसमा प्रवक्ताको जिम्मेवारी निभाइसकेका नेता हुन् । पार्टीभित्र लोकप्रिय छवि बनाएका महामन्त्री शर्मा उनले गत मंसिरमा भएको महाधिवेशनमा महामन्त्री बनेका हुन । जनता माझमा परिचित ब्यक्ति शर्मा झापा १ मा तेस्रो पटक चुनावी मैदानमा छन । तर संसदीय राजनीतिमा भने उनले प्रवेश नै पाएका छैनन् ।

०६४ र ०७० मा समानुपातिकबाट संविधानसभा सदस्य र कानुनमन्त्रीसमेत बनिसकेका खरेल पूर्व महान्यायधिवक्ता समेत हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्रकाे रुपमा मानिन्छन् ।

स्थानीय तहको परिणाम हेर्दा झापा–१ मा एमालेको मत गठबन्धन भन्दा बढि देखिन्छ । यसै कारण अग्नी पक्षले जित महशुस गरेकाे छ । ७० मा एमालेकै रविन कोइराला र ०७४ मा बामगठबन्धनबाट नेकपा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका कांग्रेस उम्मेदवार शर्मा पनि यसपटक गठबन्धनबाट चुनाव जित्ने सम्भावना बढन थालेको छ । मतदानको घरदैलोमा पुग्दा शर्मा ले बाेल्ने भाषा र खरेलकाे भाषा प्रति मतदाले मुल्यांकन गर्न थालेका छन । क्षेत्र न १ का अधिकाष काेणसभामा खरेलले शर्मा प्रति नकारात्मक टिप्पणी गर्दै आएका छन । जनता माझमा भिजन का सट्टा प्रतिपक्षीकाे आलोचना मा बढी समय खर्चिदै आएका छन । आफुलाइ चिनाउँन घरदैलोमा हिडदै गरेका खरेलले मतदाता सँग केपी ओलीकाे अनुहार हेरेर भाेट हाल्न आग्रह गर्छन् । यता शर्मा शिष्ट स्वभाव का रुपमा मतदाताकाे मन जितिरहेका छन । जनता माझमा नम्र रुपमा प्रस्तु हुने नेता आफुहरुलाइ चाहिएको धुलाबारी एक मतदाता बताउँछन । ०७४ मा बामगठबन्धनका कार्कीले ३६ हजार १७३ मत ल्याएर चुनाव जित्दा शर्माले ३३ हजार ३१० मत पाएका थिए ।
आफ्नो दबदबा कायमै राख्न अठोट राखेको एमालेलाई याे पटक गणितीय हिसावमा बढि देखिएपनि मत कम खस्ने आकलन गरिएको छ । यद्यपी नतिजा कस्तो आउँछ भन्ने चै मंसिर ४ गते पर्खनै पर्छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २९, २०७९ २१:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट