sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

झापा- १ अग्नी खरेललाई खतराको घण्टी !

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २९, २०७९ २१:४0
झापा- १ अग्नी खरेललाई खतराको घण्टी !

 

झापा ।। झापा क्षेत्र न १ मा प्रतिनिधिसभा सदस्यका लागि शीर्ष नेताहरुबीच कडा प्रतिष्पर्धा हुँदै छ । यश क्षेत्रमा ‘हेभीवेट’ उम्मेदवार चुनावी मैदानमा उत्रिएका । दुई चर्चित अनुहार सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री अग्नी खरेल बीच रोचक प्रतिस्पर्धा हुने छ । कांग्रेस उम्मेदवार शर्मालाई माओवादी केन्द्रको समर्थन छ भने एमालेका उम्मेदवार खरेललाई राप्रपाले समर्थन गरेको छ ।

कांग्रेसमा नेपाल विद्यार्थी संघको अध्यक्ष हुँदै पार्टीको राजनीतिमा आएका महामन्त्री शर्मा कांग्रेसमा प्रवक्ताको जिम्मेवारी निभाइसकेका नेता हुन् । पार्टीभित्र लोकप्रिय छवि बनाएका महामन्त्री शर्मा उनले गत मंसिरमा भएको महाधिवेशनमा महामन्त्री बनेका हुन । जनता माझमा परिचित ब्यक्ति शर्मा झापा १ मा तेस्रो पटक चुनावी मैदानमा छन । तर संसदीय राजनीतिमा भने उनले प्रवेश नै पाएका छैनन् ।

०६४ र ०७० मा समानुपातिकबाट संविधानसभा सदस्य र कानुनमन्त्रीसमेत बनिसकेका खरेल पूर्व महान्यायधिवक्ता समेत हुन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्रकाे रुपमा मानिन्छन् ।

स्थानीय तहको परिणाम हेर्दा झापा–१ मा एमालेको मत गठबन्धन भन्दा बढि देखिन्छ । यसै कारण अग्नी पक्षले जित महशुस गरेकाे छ । ७० मा एमालेकै रविन कोइराला र ०७४ मा बामगठबन्धनबाट नेकपा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका कांग्रेस उम्मेदवार शर्मा पनि यसपटक गठबन्धनबाट चुनाव जित्ने सम्भावना बढन थालेको छ । मतदानको घरदैलोमा पुग्दा शर्मा ले बाेल्ने भाषा र खरेलकाे भाषा प्रति मतदाले मुल्यांकन गर्न थालेका छन । क्षेत्र न १ का अधिकाष काेणसभामा खरेलले शर्मा प्रति नकारात्मक टिप्पणी गर्दै आएका छन । जनता माझमा भिजन का सट्टा प्रतिपक्षीकाे आलोचना मा बढी समय खर्चिदै आएका छन । आफुलाइ चिनाउँन घरदैलोमा हिडदै गरेका खरेलले मतदाता सँग केपी ओलीकाे अनुहार हेरेर भाेट हाल्न आग्रह गर्छन् । यता शर्मा शिष्ट स्वभाव का रुपमा मतदाताकाे मन जितिरहेका छन । जनता माझमा नम्र रुपमा प्रस्तु हुने नेता आफुहरुलाइ चाहिएको धुलाबारी एक मतदाता बताउँछन । ०७४ मा बामगठबन्धनका कार्कीले ३६ हजार १७३ मत ल्याएर चुनाव जित्दा शर्माले ३३ हजार ३१० मत पाएका थिए ।
आफ्नो दबदबा कायमै राख्न अठोट राखेको एमालेलाई याे पटक गणितीय हिसावमा बढि देखिएपनि मत कम खस्ने आकलन गरिएको छ । यद्यपी नतिजा कस्तो आउँछ भन्ने चै मंसिर ४ गते पर्खनै पर्छ ।

 

  • साझा परिवेश
  • मङ्लबार, कार्तिक २९, २०७९ २१:४0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid