April 7, 2025 | सोमवार, चैत्र २५, २०८१
सुचनाहरु
प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको?  झापामा भेटियो दुर्गा प्रसाईं चढेको गाडी, कहाँ छन् दुर्गा प्रसाईं?  यीनै हुन् ४ वर्षीया बालिका अपहरण गरी लैजाने व्यक्ति

अग्नी खरेलको कार्यक्रम स्थलमै बृद्धालाई हर्ट एटेक, अस्पताल पुर्याउँदा मृत्यु

  • साझा परिवेश
  • बुधबार, कार्तिक ३०, २०७९ १0:५७
अग्नी खरेलको कार्यक्रम स्थलमै बृद्धालाई हर्ट एटेक, अस्पताल पुर्याउँदा मृत्यु

 

मेचीनगर, कार्तिक ३० । झापा क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेद्वार अग्नी खरेलको चुनावी कार्याक्रम स्थलमै ७० बर्षिया बृद्धाको मृत्यु भएको छ । चुनावी प्रचार अभियान अन्तर्गत आज विहान मेचीनगर ८ स्थीत सालघारीमा भएको बृद्धबृद्धा सम्मान कार्यक्रममा सहभागि स्थानीय ७० बर्षिया सितामाया अधिकारीको मृत्यु भएको परिवारले जनाएको छ ।


‘कार्यक्रम शुरु भएको थियो आमा कार्यक्रममा नै हुनुहुन्थ्यो, कुर्सीमा बसिरहनु भएको थियो एक्कासी लड्नु भयो,’ बुहारी शर्मिला अधिकारीले रुँदै भन्नुभयो, ‘तुरुन्त उठाएर काकरभिट्टाको मनिसा मेडिकलमा लगिउँ त्याहाँ हुँदैन भने पछि बिर्तामोडको मनमोहन अस्पताल पुर्याउँ, इसिजी गर्दैगर्दा नै डाक्टरले आमा हुनुहुन्न भन्नुभयो ।’

उच्च रक्तचाप (हाइ व्लड प्रेसर) को नियमित औषधी सेवन गर्ने ७० बर्षिया सितामायालाई सम्मान गर्ने भन्दै आज विहान एमालेका स्थानीय कार्यकर्ताहरुले कार्यक्रमस्थलमा लगेको परिवारका सदस्यले बताउनु भयो । ‘जेष्ठ नागरिकलाई सम्मान गर्छौं भन्दै आज विहान कार्यक्रमस्थलमा लानु भयो, माला पनि उनेर तयार पारिएको थियो तर आमा कार्यक्रमस्थलमै लड्नु भयो केही गर्न नपाई आमा बित्नु भयो,’ बुहारी शर्मिलाले भन्नुभयो ।


कार्यक्रमस्थलको साउण्ड सिस्टममा ठुलो आवाजमा चुनावी गित बजिरहेकै बेला सितामा लडेको स्थानीयले बताएका छन । नियमित प्रेसरको औषधी खाने बृद्धालाई माइकको ठुलो आवाजले मृटुमा नकारात्मक असर गर्न सक्ने र हार्ट एटेक आउन सक्ने चिकित्सकहरुले बताएका छन ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक ३०, २०७९ १0:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट