sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अग्नी खरेलको कार्यक्रम स्थलमै बृद्धालाई हर्ट एटेक, अस्पताल पुर्याउँदा मृत्यु

  • साझा परिवेश
  • बुधबार, कार्तिक ३०, २०७९ १0:५७
अग्नी खरेलको कार्यक्रम स्थलमै बृद्धालाई हर्ट एटेक, अस्पताल पुर्याउँदा मृत्यु

 

मेचीनगर, कार्तिक ३० । झापा क्षेत्र नं. १ मा नेकपा एमालेका उम्मेद्वार अग्नी खरेलको चुनावी कार्याक्रम स्थलमै ७० बर्षिया बृद्धाको मृत्यु भएको छ । चुनावी प्रचार अभियान अन्तर्गत आज विहान मेचीनगर ८ स्थीत सालघारीमा भएको बृद्धबृद्धा सम्मान कार्यक्रममा सहभागि स्थानीय ७० बर्षिया सितामाया अधिकारीको मृत्यु भएको परिवारले जनाएको छ ।


‘कार्यक्रम शुरु भएको थियो आमा कार्यक्रममा नै हुनुहुन्थ्यो, कुर्सीमा बसिरहनु भएको थियो एक्कासी लड्नु भयो,’ बुहारी शर्मिला अधिकारीले रुँदै भन्नुभयो, ‘तुरुन्त उठाएर काकरभिट्टाको मनिसा मेडिकलमा लगिउँ त्याहाँ हुँदैन भने पछि बिर्तामोडको मनमोहन अस्पताल पुर्याउँ, इसिजी गर्दैगर्दा नै डाक्टरले आमा हुनुहुन्न भन्नुभयो ।’

उच्च रक्तचाप (हाइ व्लड प्रेसर) को नियमित औषधी सेवन गर्ने ७० बर्षिया सितामायालाई सम्मान गर्ने भन्दै आज विहान एमालेका स्थानीय कार्यकर्ताहरुले कार्यक्रमस्थलमा लगेको परिवारका सदस्यले बताउनु भयो । ‘जेष्ठ नागरिकलाई सम्मान गर्छौं भन्दै आज विहान कार्यक्रमस्थलमा लानु भयो, माला पनि उनेर तयार पारिएको थियो तर आमा कार्यक्रमस्थलमै लड्नु भयो केही गर्न नपाई आमा बित्नु भयो,’ बुहारी शर्मिलाले भन्नुभयो ।


कार्यक्रमस्थलको साउण्ड सिस्टममा ठुलो आवाजमा चुनावी गित बजिरहेकै बेला सितामा लडेको स्थानीयले बताएका छन । नियमित प्रेसरको औषधी खाने बृद्धालाई माइकको ठुलो आवाजले मृटुमा नकारात्मक असर गर्न सक्ने र हार्ट एटेक आउन सक्ने चिकित्सकहरुले बताएका छन ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक ३०, २०७९ १0:५७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid