May 15, 2024 | बुधबार, जेष्ठ २, २०८१
सुचनाहरु
नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने सर्वोच्च अदालतमा अब अनलाइनबाटै रिट दर्ता गर्न सकिने नेप्से २८.६२ अंकले बढ्यो कोशी प्रदेश सांसद निर्मला लिम्बू अशोक राई नेतृत्वकाे जसपामा अमेरिका र क्यानडाकाे प्रलाेभन देखाएर ५ कराेड ठगी ; तीनजना पक्राउ टर्कीको राष्ट्रसंघ मिसन कार्यालयमा जागिर लगाउने प्रलोभनमा १२४ जनालाई ठगी ; एक प्रक्राउ २ अर्ब १ करोडको अवैध कारोबार, प्रहरीद्वारा सार्वजनिक कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा चार जनालाई पक्राउ करका दर हेरफेरमा मनोमानी गर्दिन: अर्थमन्त्री पुन सरकारले माग सम्बोधन नगरेको भन्दै राजधानीको सडकमा व्हिलचियर आन्दोलन सभामुखले बोलाएको बैठक निष्कर्षविहीन, कांग्रेसकाे अडान कायमै भारतीय सुपरस्टार अभिनेता अल्लु अर्जुन विवादमा ; अर्जुनविरुद्ध प्रहरीले दायर गर्यो मुद्धा सुरक्षण मुद्रणमा ४० करोड बढी भ्रष्टाचार, विकल पौडेलसहित ६ जनाविरुद्ध मुद्दा क्यानडामा आगलागी : हजारौँ मानिस घर छाडेर भागे नेप्से सूचक ८ अंकले बढ्यो वर्षासँगै काठमाडौंको प्रदूषण कम हुँदै कोशीका मुख्यमन्त्री कार्कीले सोमबार विश्वासको मत लिने विदेश पढ्नेले लगे ९ महिनामा झन्डै १ खर्ब राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

सुन तस्करी अनुसन्धान गर्न राजस्वले समिति गठन गर्यो

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० १३:१७
सुन तस्करी अनुसन्धान गर्न राजस्वले समिति गठन गर्यो
  • राजस्व अनुसन्धान विभागले छुट्टै समिति गठन गर्यो 
  • सुन तस्करी प्रकरणबारे विस्तृत अनुसन्धान गर्ने

 काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद करिब एक क्विन्टल सुन प्रकरणबारे विस्तृत अध्ययन गर्न राजस्व अनुसन्धान विभागले छुट्टै समिति गठन गरेको छ ।

मंगलबार त्रिभुवन विमानस्थल कार्गो भवन अघि बरामद सुनबारे विस्तृत अनुसन्धान गर्न राजस्वले अनुसन्धान अधिकृत तोकेको हो ।
विभागका महानिर्देशक नवराज ढुंगानाकाअनुसार राजस्व र प्रसाशनका निर्देशकहरुसहितको चार सदस्यीय अनुसन्धान अधिकृत तोकिएको हो । यही समितिले अब सुन तस्करी प्रकरणबारे विस्तृत अनुसन्धान गर्ने उनले बताए ।

‘सुन बरामद र त्यसका संलग्नहरुको पहिलो लेयर पक्राउ गरेपछि हामी आंशिक रुपमा सफल भएका छौं,’ महानिर्देशक ढुंगानाले भने,‘ अहिलेसम्मको सबै काम सिंगो विभागले गर्यो अब हुने अप्रेशनमा सामूहिक रुपमै काम हुन्छ । तर, प्राप्त प्रमाण र थप तथ्यमा केन्द्रिकृत भएर अनुसन्धान अधिकृतहरुले काम गर्छन् ।’

विभागले सुन तस्करी प्रकरणको पहिलो जालो पक्राउपछि थप अनुसन्धानलाई तीब्र पारिएको उनले बताए ।

  • साझा परिवेश
  • शुक्रबार, साउन ५, २०८० १३:१७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट