May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ?

भोजपुरमा प्रचण्डले सम्वोधन गर्ने चुनावीसभा लक्षित बम विस्फोट, एक घाईते

  • साझा परिवेश
  • बुधबार, कार्तिक ३०, २०७९ १७:४२
भोजपुरमा प्रचण्डले सम्वोधन गर्ने चुनावीसभा लक्षित बम विस्फोट, एक घाईते

भोजपुर- भोजपुरमा चुनावी सभालाई लक्षित गरि बम विष्फोट भएको छ । पौवादुङमा गाउँपालिका २, तिवारीभञ्ज्याङस्थित गठबन्धनको चुनावी सभालाई केन्द्रित गरि बम पड्एिको थियो । उक्त घटनामा एकजना शक्त घाईते भएका छन् ।

बुधबार चुनावी सभा चलिरहँदा उक्त घटना भएको हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतको विशेष उपस्थितीमा हुने भनिएको उक्त चुनावी सभालाई लक्षित गरि राखिएको उक्त बम पड्किएको हुनसक्ने प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी शरत कुमार थापाका अनुसार विस्फोटबाट घाईते भएका अरुण गाउँपालिका ४, चरम्बीका सुमन श्रेष्ठ आँफैले बोकेको उक्त बम विस्फोट भएको बताए । श्रेष्ठको बाँयापट्टि खुट्टामा गहिरो चोट लागेको छ । घटनापछि उनलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचार गराईएको थियो ।जिल्ला प्रहरीका ईन्सपेक्टर नितेशकुमार सिंहका अनुसार सिंहले भने, ‘दिउँसो ३ बजे दाहाल र महत हेलिकप्टरबाट अवतरण हुने कार्यक्रम थियो, तर त्यसको डेढघण्टा अघि नै बम विस्फोट भयो’ उक्त चुनावी सभालाई सम्बोधन गर्न भोजपुर आउने कार्यक्रम रहेको दाहाल र महतको कार्यक्रम स्थगित भएको गठबन्धन दलका एक नेताले बताए । चुनावी सभा चलिरहँदा उम्मेदवारमाथि लक्षित गरी बम पड्काउने उद्देश्य हुँदाहुँदै उक्त घटना भएको हुन सक्ने उनले बताए ।

स्थानीय श्रोतका अनुसार बम बोक्ने उक्त व्यक्ति केहि समयअघिसम्म नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीमा आबद्ध थिए । यसअघिका विभिन्न गतिविधिमा पनि उनी विप्लव समुहबाट सक्रिय कार्यकर्ताको रुपमा रहेको बुझिएको छ । चुनाव विथोल्ने आपराधिक घटनाले मतदातालाई त्रसित बनाएको तिवारीभञ्ज्याङका स्थानीय पूर्ण श्रेष्ठले बताए । भने, ‘चुनावी सभामा बम पड्किँदा यहाँका मतदातालाई शान्तिपूर्ण वातावरणमा मतदान गर्न पाउने स्थिती छैन, कसरी मतदान गर्नु’ यता प्रहरीका अनुसार उक्त घटनाको बारेमा अनुसन्धान भईरहेको जनाएको छ ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक ३०, २०७९ १७:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।