sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

एमाले सचिव योगेश भट्टराईको क्षेत्रमा चुनावी प्रतिस्पर्धा रोचक बन्दै

  • साझा परिवेश
  • बुधबार, कार्तिक ३०, २०७९ १८:0८
एमाले सचिव योगेश भट्टराईको क्षेत्रमा चुनावी प्रतिस्पर्धा रोचक बन्दै

ताप्लेजुङ । प्रतिनिधी सभा १ र प्रदेश सभामा २ वटा निर्वाचन क्षेत्र रहेको ताप्लेजुङ जिल्लाको चुनावी प्रतिस्पर्धा निकै रोचक बन्दै गएको छ । नेकपा एमालेको पार्टी सचिव तथा प्रभावशाली नेता योगेश भट्टराईको निर्वाचन क्षेत्र भएकोले सबैको ध्यान यता तिर केन्द्रित भएको छ । भट्टराईसँग बलियो प्रतिस्पर्धामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एसको गठबन्धनमा माओवादी केन्द्रका नेता खेलप्रसाद बुढाक्षेत्री पराग रहेको छ । भट्टराई २०७४ को निर्वाचनमा ताप्लेजुङबाट प्रतिनिधी सभाको सदस्यमा अत्याधिक मतले विजयी भएका थिए । भट्टराइ पूर्व संस्कृति पर्यटन मन्त्री समेत भएका थिए ।
यता गठवन्धनका चुनावी सभामा आफुले जितेर जनताको लागि कार्यक्रम प्रस्तुत गर्न भन्दा पनि भट्टराईले प्रतिनिधी सभामा विजयी भएर जिल्लाको लागि केहि नगरेकोले गठवन्धनलाई जिताउन भनेर प्रचार गर्न व्यस्त देखिन्छन् । एकथरी युवाहरु त भट्टराईले मुकुम्लुङलाई पाथिभरा, तिम्वुङ पोखरीलाई विष्णुपोखरी, सुकेटार विमानस्थललाई रविन्द्र अधिकारी विमानस्थल बनाएको भनेर सामाजि सञ्जालमा प्रचार गर्न व्यस्त देखिन्छन् ।
विपक्षीले लगाएका यी आरोपहरु सबै झुट भएको, आफु नेकपा एमालेको मात्र नभएर समग्र ताप्लेजुङ जिल्लाको नेता भएकोले यस्ता कुतर्कका पछि नलाग्ने भट्टराई बताउनु हुन्छ । उहाँे भन्नुभयो– पाथिभरा नाम कसले राख्यो त्यो मलाई थाहा भएन पाथिभरा नामाकरण हुँदा मरो बुवा पनि जन्मनु भउको थिएन । त्यसरी नै तिम्वुङ पोखरीको विषयमा आफुले १०० गन्तव्य सूचीमा राख्न पहल गरेको, उक्त क्षेत्रको विकासको लागि बजेट विनियोजन गराएको हुँ बजेट गाउँ पालिकामा आएको हो काम गाउँपालिकाले गरेको हो, पालिकाले नाम परिवर्तन गरे भने मलाई थाहा भएन तर १०० गन्तव्य सुचीमा तिम्वुङ पोखरी नै राखेका छौं । सुकेटार विमानस्थलको पनि नाम परिवर्तन भएको छैन नेपाल सरकाले बजेटमा रविन्द्र अधिकारी विमानस्थल प्रस्ताव गर्दा मैले आफ्नो फेसबुक पेजमा तत्काल विरोध जनाएको छु, सुकेटार विमानस्थल नै हो कुनै नाम परिवर्तन भएको छैन उहाँले भन्नु भयो ।
भट्टराई छोटो समय संस्कृति पर्यटन मन्त्री हुँदा पाथिभरा क्षेत्रको विकासको लागि धेरै बजेट विनियोजन गरेको, ताप्लेजुङका गुम्वा संरक्षण तथा सम्बद्र्धन कार्यक्रम, माङहिम निर्माण, वहु–सांस्कृतिक भवन, लिम्वु संग्रहालय, चर्च, भिन्तुना भवन, शहिद पार्क आदिको लागि वजेट विनियोजन गरेको दावी गर्नुभयो । सडक, विद्यालयको भौतिक पूर्वाधार, जिल्ला अस्पतालको स्तरोन्नति, अक्सिजन प्लान्ट जस्ता शिक्षा, स्वास्थ्य, संचार, सडक, विद्युत, खानेपानी आदि क्षेत्रमा धेरै काम भएको र यसको सुधारको लागि अझ धेरै काम गर्न बाँकी रहेकोले आफुलाई मत दिएर विजय गराउन अपिल गर्नुभयो ।
उता गठवन्धनले संविधानको रक्षा गर्न, कृषिमा क्रान्ति ल्याउन पुरानालाई होइन नयाँलाई पालो दिनु पर्ने भनेर मतदाताहरुलाई भोट फकाउन व्यस्त देखिन्छ ।

  • साझा परिवेश
  • बुधबार, कार्तिक ३०, २०७९ १८:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid