April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

सुदूरपश्चिमबाट प्रतिनिधिसभामा माओवादी शून्य

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ९, २०७९ १८:१५
सुदूरपश्चिमबाट प्रतिनिधिसभामा माओवादी शून्य

धनगढी । सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये नेकपा (माओवादी केन्द्र)ले चार स्थानमा प्रतिस्पर्धा गरेको थियो । सत्ता गठबन्धनभित्र भागबन्डा गर्दा माओवादी केन्द्रले चार क्षेत्र पाएको हो । ती चार क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । चारै क्षेत्रबाट माओवादी केन्द्रका उमेदवार पराजित भए । योसँगै सुदूरपश्चिमबाट प्रतिनिधिसभामा माओवादी शून्य भएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट माओवादी केन्द्रकी उमेदवार बीना मगर, कैलाली क्षेत्र नम्बर–२ बाट सोही पार्टीका भगत बढुवाल, कैलाली–३ बाट माओवादी केन्द्रकै कृष्णकुमार चौधरी र बैतडीबाट सोही पार्टीका नरेन्द्र कुँवर पराजित भएका हुन् ।

कञ्चनपुर–१ बाट नेकपा (एमाले)का उमेदवार तारा लामा तामाङ निर्वाचित भए । उनले २४ हजार ८९२ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी मगरले १९ हजार ३४६ मत प्राप्त गरिन् ।

कैलाली–२ बाट नागरिक उन्मुक्ति पार्टीका उमेदवार अरुणकुमार चौधरी २१ हजार ८७१ मत ल्याउँदै निर्वाचित भए । यहाँ माओवादी केन्द्रका भगत बढुवाल १५ हजार ११६ मतसहित तेस्रो स्थानमा रहे ।

कैलाली–३ बाट नागरिक उन्मुक्ति पार्टीका उमेदवार गंगाराम चौधरी २३ हजार १२० मतसहित निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत पाए ।

बैतडीबाट नेकपा (एमाल)ेका सुदूरपश्चिम प्रदेश अध्यक्ष समेत रहेका दामोदर भण्डारी निर्वाचित भए । उनले ३३ हजार ६११ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नरेन्द्र कुँवर ३२ हजार ८० मत पाए ।

 

 

  • साझा परिवेश
  • शुक्रबार, मंसिर ९, २०७९ १८:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट