May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

अर्जुननरसिंह केसी : बचतकर्ताको १० अर्बभन्दा धेरै रकम सहकारीमा डुबेको छ सरकार किन मौन ?

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १२:५६
अर्जुननरसिंह केसी :  बचतकर्ताको १० अर्बभन्दा धेरै रकम सहकारीमा डुबेको छ सरकार किन मौन ?

काठमाडौं ।।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सहकारीमार्फत हजारौं बचतकर्ताको १० अर्बभन्दा धेरै रकम डुबेको भन्दै सरकारले बचतकर्ताको हितमा काम गर्न आलटाल गरेको आरोप लगाएका छन् । सत्तारुढ कांग्रेसकै सांसदले सरकारले पीडितलाई न्याय दिन तदारुकता नदेखाएको भन्दै प्रश्न उठाएका हुन् ।

“हजारौं बचतकर्ताको १० अर्बभन्दा धेरै रकम सहकारीमा डुबेको छ । त्यसले जनस्तरमै गम्भीर आक्रोस र विद्रोह निम्त्याएको अवस्था छ,” सांसद केसीले भने, “यसको समाधानका लागि सरकारले एक महिना अगाडि नै एउटा समिति गठन गरेको थियो । अहिलेसम्म त्यसलाई पूर्णता दिन सकेको छैन ।” उनले सरकारको काम गराइले प्रश्न उठाएको बताए ।

“यसको उद्देश्य के हो ? किन समितिलाई पूर्णता दिनै सकिएन ?,” प्रश्न गर्दै केसीले भने, “एकातिर तरकारी किसान, दूध किशान, उखु किसानका समस्या यथावत रहेको अवस्था छ भने यसको समाधान गर्नका निम्ति सरकार मुकदर्शक भएर अहिलेसम्म बसेको छ ।”

उनले सरकारले यसको कारबाही तत्काल अघि बढाउनुपर्ने बताए ।

  • साझा परिवेश
  • बुधबार, जेष्ठ २४, २०८० १२:५६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।