May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज

फुङलिङ नगरपालिकामा जेष्ठ नागरिकको नाममा ५ लाखको अक्षय कोष स्थापना गरिने

  • साझा परिवेश
  • बिहिबार, मंसिर १५, २०७९ १९:४९
फुङलिङ नगरपालिकामा जेष्ठ नागरिकको नाममा ५ लाखको अक्षय कोष स्थापना गरिने

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले २०८० सालदेखि फुङलिङ नगरपालिकाका १०० वर्ष नाघेका जेष्ठ नागरिकको नाममा ५ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ ।
हरेक वर्ष अक्टोवर १ तारिख अन्तर्राष्ट्रिय जेष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पहुँच पु¥याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । फुङलिङ नगरपालिकाले यस वर्ष असोज १५ गते पर्ने जेष्ठ नागरिक दिवस चुनावको कारण स्थगित गरिएको र आज मंसिर १५ गते ताप्लेजुङको सामुदायिक भवनमा जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको फुङलिङ नगरिपालिकाका उपमेयर भिमादेवि ओझाले वताउनु भयो ।
उक्त कार्यक्रममा बोल्दै मेयर अमिर मादेनले जेष्ठ नागरिक भनेको ज्ञान र अनुभवको खानी भएको बताउनु भयो । उहाँले सबै जेष्ठ नागरिकहरुलाई १०० वर्ष भन्दा वढी उमेरसम्म बाँच्न र १०० वर्ष कटेपछि प्रत्येक जेष्ठ नागरिकको नाममा कार्यविधि बनाएर ५ लाखको अक्षयकोष स्थापना गरिने घोषणा गर्नु भयो । जेष्ठ नागरिकहरुलाई घरेलु हिंसामा परेको भए नगरपालिकामा उजुरी गर्न अनुरोध गर्दै मेयर मादेनले भन्नु भयो– यदि त्यसो भएको भए नगरपालिकाले बृद्धाश्रममा राखेर हेरचाह गर्ने छ ।
नेपालको संविधान २०७२ मा जेष्ठ नागरिकलाई राजयबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने छ भनी उल्लेख गरिएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर १५, २०७९ १९:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।