sweet bonanza
February 22, 2026 | आइतवार, फाल्गुन ११, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

फुङलिङ नगरपालिकामा जेष्ठ नागरिकको नाममा ५ लाखको अक्षय कोष स्थापना गरिने

  • साझा परिवेश
  • बिहिबार, मंसिर १५, २०७९ १९:४९
फुङलिङ नगरपालिकामा जेष्ठ नागरिकको नाममा ५ लाखको अक्षय कोष स्थापना गरिने

ताप्लेजुङ । फुङलिङ नगरपालिकाले २०८० सालदेखि फुङलिङ नगरपालिकाका १०० वर्ष नाघेका जेष्ठ नागरिकको नाममा ५ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेको छ ।
हरेक वर्ष अक्टोवर १ तारिख अन्तर्राष्ट्रिय जेष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पहुँच पु¥याउने उदेश्यका साथ संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाउने गरिन्छ । फुङलिङ नगरपालिकाले यस वर्ष असोज १५ गते पर्ने जेष्ठ नागरिक दिवस चुनावको कारण स्थगित गरिएको र आज मंसिर १५ गते ताप्लेजुङको सामुदायिक भवनमा जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परिक्षण कार्यक्रम गरिएको फुङलिङ नगरिपालिकाका उपमेयर भिमादेवि ओझाले वताउनु भयो ।
उक्त कार्यक्रममा बोल्दै मेयर अमिर मादेनले जेष्ठ नागरिक भनेको ज्ञान र अनुभवको खानी भएको बताउनु भयो । उहाँले सबै जेष्ठ नागरिकहरुलाई १०० वर्ष भन्दा वढी उमेरसम्म बाँच्न र १०० वर्ष कटेपछि प्रत्येक जेष्ठ नागरिकको नाममा कार्यविधि बनाएर ५ लाखको अक्षयकोष स्थापना गरिने घोषणा गर्नु भयो । जेष्ठ नागरिकहरुलाई घरेलु हिंसामा परेको भए नगरपालिकामा उजुरी गर्न अनुरोध गर्दै मेयर मादेनले भन्नु भयो– यदि त्यसो भएको भए नगरपालिकाले बृद्धाश्रममा राखेर हेरचाह गर्ने छ ।
नेपालको संविधान २०७२ मा जेष्ठ नागरिकलाई राजयबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने छ भनी उल्लेख गरिएको छ ।

 

  • साझा परिवेश
  • बिहिबार, मंसिर १५, २०७९ १९:४९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid