April 8, 2025 | मङ्लबार, चैत्र २६, २०८१
सुचनाहरु
रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको? 

काँग्रेस भित्रै प्रधानमन्त्रीका आधा दर्जन आकाक्षी

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १६, २०७९ १९:२८
काँग्रेस भित्रै प्रधानमन्त्रीका आधा दर्जन आकाक्षी

निर्वाचनको अन्तिम मतपरिणाम आइ नसक्दै नयाँ सरकारको नेतृत्वका लािग दौडधुप सुरु भएको छ । कुनै पनि दलले बहुमत नल्याउने भएकाले बहुमत पु¥याउन दलहरूबिच गठबन्धन गर्नुपर्ने अवस्था छ । अहिलेको सत्तारुढ गठबन्धन नै अघि बढ्ला वा नयाँ गठबन्धन बन्ला भन्ने तय भइनसके पनि सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र संसदीय दलको नेता दाबी गर्नेहरू बढ्दैछन् । महामन्त्री गगन थापाले निर्वाचनकै बेला संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि काँग्रेसभित्र तरङ्ग आएको थियो । त्यसबेला चुपचाप रहेका अन्य नेता निर्वाचित भएपछि ‘भावी प्रधानमन्त्रीका रुपमा म पनि तयार छु’ भन्न थालेका छन् ।

नेता रामचन्द्र पौडेलले अबको प्रधानमन्त्रीका रुपमा आपूmलाई सहयोग गर्न अन्य दलका नेतासँग भेटवार्ता थालिसक्नुभएको छ । पूर्व महामन्त्री प्रकाशमान सिंह र शसाङ्क कोइरालाले पनि दाबेदारी प्रस्तुत गर्दै गर्दा गत मंसिरमा भएको चौधौँ महाधिबेशनपछि संस्थापन इतर समुहको नेताका रुपमा स्थापित शेखर कोइरालाले पनि संसदीय दलको नेता बन्ने तयारी गरिरहनुभएको छ । तर, आफ्नै समुहका महामन्त्री थापाले तयारी तीव्र पारेपछि कोइराला के गर्ने भन्नेबारे पर्ख र हेर कै अवस्थामा रहेको उहाँ निकट नेताहरू बताउँछन् ।

प्रधानमन्त्री तथा सभापति शेरबहाुदर देउवा संसदीय दलको स्वतः दाबेदार हुनुहुन्छ । काँग्रेस प्रवक्ता तथा देउवा निकट नेता प्रकाशशरण महत देउवाको विकल्प नभएको बताउनुहुन्छ । संस्थापन र इतर गरी दुई पक्ष रहँदै आएको काँग्रेसभित्र भावी प्रधानमन्त्रीको कुराले अर्को पक्ष पनि बन्न सक्ने देखिएको छ । महामन्त्री थापालाई अर्का महामन्त्री विश्वप्रकाश शर्माले भावी प्रधानमन्त्रीका रुपमा संसदीय दलमा प्रस्ताव गर्ने बताइसक्नुभएको छ । थापा र शर्मालाई दलभित्रका युवा नेता र संस्थापन इतर समुहको समर्थन रहने पनि ठानिएको छ ।

नेता रामचन्द्र पौडेलले पनि आफू निर्वाचित भए लगत्तैदेखि प्रधानमन्त्रीको दाबी गर्दै नेताहरुलाई सहयोग गर्न आग्रह गर्दै आउनुभएको छ । यसपटक संसदीय दलको नेतामा आफ्नो दावी स्वभाविक रहेको उहाँको भनाइ छ । संसदीय दलको नेता बन्न बहुमत सांसदको समर्थन आवश्यक पर्छ । त्यसै कारण आफ्नो पक्षमा बहुमत बनाउन नेताहरूले कसरत सुरू गरिसकेका छन् ।

संसदीय दलको नेतामा धेरै जनाको दाबी रहँदा पार्टीभित्र अन्यौल उत्पन्न हुने राजनीतिक विश्लेषक पुरञ्जन आचार्य बताउनुहुन्छ । एमाले, माओवादी केन्द्र लगायत अन्य दलमा पार्टी अध्यक्षलाई नै संसदीय दलको नेता सर्वसम्मत मानिएको जस्तो देखिएका बेला काँग्रेसभित्र आकांक्षीहरू बढ्नु रोचक देखिन्छ । मुख्य कुरा संसदीय दलको निर्वाचनमा काँग्रेस सांसदले गर्ने मतदानको नतिजाले देश र काँग्रेसको आन्तरिक जीवनमा पनि महत्वपूर्ण अर्थ राख्ने देखिन्छ ।

  • साझा परिवेश
  • शुक्रबार, मंसिर १६, २०७९ १९:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट