April 8, 2025 | मङ्लबार, चैत्र २६, २०८१
सुचनाहरु
आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा?

समानुपातिकमा माओवादी र रास्वपालाई हाराहारी मत, विवेकशील र राप्रपा नेपालकाे कन्तविजाेग

  • साझा परिवेश
  • आइतवार, मंसिर १८, २०७९ 0८:२८
समानुपातिकमा माओवादी र रास्वपालाई हाराहारी मत, विवेकशील र राप्रपा नेपालकाे कन्तविजाेग

समानुपातिकतर्फ अहिलेसम्म १ करोड ४ लाख २० हजार १ सय २५ मतगणना हुँदा नेकपा एमाले २७ लाख ८८ हजार ३ सय ५६ मतका साथ पहिलो स्थानमा छ । एमालेलाई पछ्याइरहेको नेपाली कांग्रेस २६ लाख ६० हजार २ सय ४६ मतका साथ दोस्रो स्थानमा छ ।

तेस्रोमा नेकपा माओवादी केन्द्र र नवजात राष्ट्रिय स्वतन्त्र पार्टीको मत हाराहारी छ । माओवादीले ११ लाख ६२ हजार १ सय २४ मत पाएको छ भने रास्वपाले ११ लाख २४ हजार ५ सय ४३ मत पाएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८६ हजार ६ सय ३८ मतका साथ पाँचौँ स्थानमा रहँदा जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९ सय ४६ मत पाएको छ ।

सातौँ स्थानमा जनमत पार्टीले ३ लाख ९४ हजार ५ सय २३ पाउँदा नेकपा एकीकृत समाजवादी २ लाख ९४ हजार ३ सय ६२ मत पाएर आठौँ स्थानमा  छ । नागरिक उन्मुक्ति पार्टीले २ लाख ७१ हजार ६ सय ६२ मत पाएको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले १ लाख ६७ हजार २ सय ८१ मत पाएको छ । अरु कुनै पनि दलले एक लाख मत कटाउन सकेका छैनन् । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल १२ हजार २ सय ७० मत पाएर २३औँ स्थानमा छ भने विवेकशील साझा पार्टी ४ हजार ३९ मत पाएर ३८औँ स्थानमा छ ।

  • साझा परिवेश
  • आइतवार, मंसिर १८, २०७९ 0८:२८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट