April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
नेप्से परिसूचक बढ्यो घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता टी–२० विश्वकपका लागि न्युजिल्यान्डको टोली घोषणा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाविरुद्ध जाहेरी दर्ता वनमा आगो लगाउने व्यक्ति पक्राउ महोत्तरीका आगलागी पीडितलाई कामपाको १० लाख सहयोग अनलाइनबाट प्लेन टिकेट मिलाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ बझाङ उपचुनावमा एमालेका भण्डारी निर्वाचित गण्डकी सरकारविरुद्ध कांग्रेसले दिएको रिटमाथि सुनुवाइ जारी, आजै फैसला आउने इलाममा खुकुरी प्रहार गरी सौतेनी आमाको हत्या लु प्रभावितको उद्धार र राहतमा खटिन माओवादीको आग्रह भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत, वृद्ध पक्राउ सुनको मूल्य घट्यो अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी

कांग्रेस संसदीय दलको नेताका लागि मतदान सुरु

  • साझा परिवेश
  • बुधबार, पुस ६, २०७९ 0९:३६
कांग्रेस संसदीय दलको नेताका लागि मतदान सुरु

काठमाडौँ। नेपाली कांग्रेस संसदीय दलको नेताका लागि निर्धारित समयभन्दा आधा घन्टा ढिलो मतदान सुरु भएको छ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधबार बिहान ८ देखि १० बजेसम्म मतदानको समय निर्धारण गरिएको थियो। तर, मतदान केन्द्रमा मतदातालाई मोबाइल लैजान दिने कि नदिने विषयमा निर्वाचन समितिमा रहेका संस्थापन र इतर समूहबीच सहमति नजुट्दा मतदान ढिलो गरी सुरु भएको हो।

अब मतदान केन्द्रमा मोबाइल नलैजाने सहमति जुटेको निर्वाचन समितिका सदस्य प्रकाश रसाइलीले बताए। संसदीय दलको नेताका लागि प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा प्रतिस्पर्धामा छन्।

निर्वाचन समितिमा भीष्मराज आङ्देम्बे संयोजक, पुष्पा भुसाल र प्रकाश रसाइली सदस्य छन्।

  • साझा परिवेश
  • बुधबार, पुस ६, २०७९ 0९:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।