July 27, 2024 | शनिबार, साउन १२, २०८१
सुचनाहरु
मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता मूल्यवृद्धि ५ प्रतिशतमा सीमित गरिने अवैध रूपमा कल बाइपास गर्ने झापा गौरीगंजका गिरी सहित २ जना पक्राउ ५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गौशाला २६ले भनिन्ः ‘सन्दीपविरुद्ध मुद्दा नचलाउनु ’ वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई बिना धितो ऋण कीर्तिपुर नगरपालिकाका मेयरको निधन कोशी सरकारबाट बाहिरिँदै माओवादी, ४ मन्त्रीले राजीनामा दिने तयारी आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक संक्रमणकालीन न्यायको विषय टुंगिदै सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित वरिष्ठ लोक गायक जोशीको निधन विमान दुर्घटनामा ज्यान गुमाएकाको पोस्टमार्टम सकियो, आजै परिवारलाई बुझाइने दीपेन्द्र र रोहित ग्लोबल टि-२० खेल्न क्यानडा लागे मौद्रिक नीति शुक्रबार सार्वजनिक गर्ने तयारी सुनको मूल्य २४ सयले घट्यो वैदेशिक रोजगारी : एक वर्षमा एक हजार ३४६ को मृत्यु, दैनिक सरदर ४ जना बाकसमा आजको मौसम : पाँच प्रदेशका केही भागमा भारी वर्षा हुने पूर्वानुमान स्वदेश फर्किंदै नेपाली महिला क्रिकेट टोली आज ६ वटा संसदीय समितिको बैठक बस्दै

ढोलाहिटी हत्या घटनामा ५ जनाविरुद्ध मुद्दा दर्ता

  • साझा परिवेश
  • आइतवार, बैशाख ९, २०८१ १६:0५
ढोलाहिटी हत्या घटनामा ५ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । ललितपुरको ढोलाहिटीमा फागू पूर्णिमाको राति दुई युवकको हत्या भएको घटनामा ५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।

फागू पूर्णिमाको राति ढोलाहिटीको डी–पोपिना होटलमा मदिरा खाने दुई समूहबीच झडप हुँदा दुई युवक मारिएका थिए । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा राति ११ बजेतिर पाँचथर घर भई ढोलाहिटी बस्ने २८ वर्षीय रेबस राई र सुनसरी घर भएका ३० वर्षीय पुजन राईको हत्या भएको थियो ।

दुई युवकको हत्या आरोपमा खोटाङको साकेला गाउँपालिका–२ सेखुवा घर भई ललितपुर जैनखेल बस्ने ३१ वर्षीय विजय राई, साकेला गाउँपालिका–२ रतन्छा घर भई ललितपुर खुमलटार बस्ने ३० वर्षीय सुलभ राई, भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२घर भई ललितपुर जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारुङ राई, काठमाडौंको गोकर्णेश्वर नगरपालिका–११ घर भई ललितपुर महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २५ वर्षीय छेङ्वीहाङ राई र तेह्रथुमको म्याङ्लुङ नगरपालिका–८ घर भई खुमलटार बस्ने ३२ वर्षीय राजु गुरुङसहित पाँच जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता भएको छ ।

  • साझा परिवेश
  • आइतवार, बैशाख ९, २०८१ १६:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्