September 8, 2024 | आइतवार, भदौ २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

नेपाली कांग्रेस प्रदेश १ मा संसदीय दलको नेता छान्न आज निर्वाचन, तीन जनाबीच प्रतिस्पर्धा

  • साझा परिवेश
  • शुक्रबार, पुस १५, २०७९ 0९:५४
नेपाली कांग्रेस प्रदेश १ मा संसदीय दलको नेता छान्न आज निर्वाचन, तीन जनाबीच प्रतिस्पर्धा

विराटनगर। नेपाली कांग्रेस प्रदेश १ संसदीय दलको नेता छान्न आज निर्वाचन हुँदैछ। अन्तिम समयसम्म पनि सहमति जुट्न नसक्दा शुक्रबार बिहान ९ बजे मतदान हुने भएको हो। संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी दर्ता भएको छ।

जसमा प्रदेश १ का आन्तरिक तथा कानुन मन्त्री समेत रहेका केदार कार्की, नेपाली कांग्रेस प्रदेश १ सभापति उद्धव थापा र पार्टीका केन्द्रीय सदस्य अमृत अर्यालले उम्मेदवारी दिएका छन्।

दलको नेतामा आकांक्षी देखिएका भीमप्रसाद पराजुलीले थापालाई समर्थन गरेका हुन्। थापा र पराजुली कृष्णप्रसाद सिटौला पक्षका नेता हुन्। थापाको प्रस्तावका पराजुली र समर्थकमा भूपेन्द्र राई रहेका छन्।

संस्थापन पक्षका अर्याललाई डोल्मा तामाङले प्रस्ताव गरेकी छिन् भने समर्थकमा सुनिता कुमारी गुरुङ रहेकी छन्। प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका कार्की डाक्टर शेखर कोइराला समूहका हुन्। उनको प्रस्तावक रामकुमार खत्री र समर्थक शमशेर राई छन्।

सहमतिको अन्तिम प्रयास भए पनि अहिलेसम्म सहमति हुन नसकेको एक नेताले जानकारी दिए। उनले सहमति जुट्न नसके शुक्रबार बिहान ९ बजे मतदान हुने जानकारी दिए। कांग्रेस प्रदेश १ मा २९ जना सदस्यले मतदान गर्न पाउने छन्।

  • साझा परिवेश
  • शुक्रबार, पुस १५, २०७९ 0९:५४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्