April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

त्रिविको प्रश्नपत्र त्रुटिको दोषीलाई तत्कालै कारबाही गर्न माग

  • साझा परिवेश
  • मङ्लबार, साउन ९, २०८० १४:१४
त्रिविको प्रश्नपत्र त्रुटिको दोषीलाई तत्कालै कारबाही गर्न माग
  • दोषीलाई तत्काल कारबाही गर्न विद्यार्थी संगठनहरुको माग
  • त्रिविको समग्र परीक्षा प्रणालीमा भइरहेको लापरबाही अन्त्य हनुपर्ने 
  • दोषीलाई कारबाही नगरेको खण्डमा
  • जिम्मेवार त्रिवि स्वयं हुनुपर्ने चेतावनी

काठमाडौं ।।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक तेस्रो वर्ष ‘इन्टरडक्सन टू टुरिजम डेभलप्मेन्ट’ विषयको प्रश्नपत्र त्रुटि घटनका दोषीलाई तत्काल कारबाही गर्न विद्यार्थी संगठनहरुले माग गरेका छन् ।

अनेरास्ववियु, नेपाल विद्यार्थी संघलगायतले विज्ञप्ति जारी गर्दै तत्काल छानबिन समिति गठन गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् ।
“त्रिविको समग्र परीक्षा प्रणालीमा भइरहेको लापरबाही अन्त्य गर्दै दोषीलाई कारबाही नगरेको खण्डमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार त्रिवि स्वयं हुनुपर्ने चेतावनी समेत दिन चाहन्छौँ,” नेपाल विद्यार्थी संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

भित्रि कुरा 

सोमबार त्रिवि मानविकी संकाय स्नातक तेस्रो वर्षको इन्टरडक्सन टू टुरिजम डेभलपमेन्ट विषयको परीक्षा थियो । प्रश्नपत्रमा दुई समूहमा सोधिएका नौमध्ये ६ वटा प्रश्न भारतको टुरिजम र इतिहाससँग सम्बन्धित थिए । जुन सम्बन्धित विषयको पाठ्यक्रमभन्दा बाहिरको विषय हो ।

प्रश्नपत्रमा त्रुटि भएको विषयमा विद्यार्थीको विरोध भएपछि झण्डै ५० मिनेट परीक्षा अवरुद्ध भइसकेपछि पुनः दोस्रो प्रश्नपत्र बाँडिएको थियो । परीक्षाको माहोल बिग्रिएपछि कतिपय विद्यार्थी दोस्रो प्रश्नपत्रमा समेत परीक्षा नदिएर बाहिरिएका थिए ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले प्रश्नपत्रमा त्रुटि भएको स्वीकार गरेका छन् । त्रिवि मानविकी संकायको डिन कार्यालयले घटनाको छानबिन भइरहेको जनाएको छ ।

  • साझा परिवेश
  • मङ्लबार, साउन ९, २०८० १४:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।