April 30, 2024 | मङ्लबार, बैशाख १८, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

सडक निमार्ण नभएपछि स्थानीयहरुले गरे इनरुवा सडक अवरुद्य

  • साझा परिवेश
  • बिहिबार, पुस २१, २०७९ १८:१0
सडक निमार्ण नभएपछि स्थानीयहरुले गरे इनरुवा सडक अवरुद्य

धिरेन्द्र नारायण मण्डल
इनरुवा नगरपालिका वडा नं. ४ का स्थानीयहरुले गाउ“देखी बजारसम्म जोडने मुख्य सडक अवरुद्य गरेको छ । विहान ७ बजेदेखी १० बजेसम्मका लागि ३ घण्टा सडक अवरुद्य गरिएको थियो ।
कुरुवा खोलादेखी गणेशपुरसम्मको सडक खाल्टाखुल्टी भएर सवारी साधन विग्रिदै आएको र सडकको धुलोले गर्दा गा“उघरका बच्चादेखी वृद्धसम्म विरामी हुन थालेपछि सडक अवरुद्य गरेको स्थानीयहरुले जानकारी गराएका छन । नगरमा कैयौं पटक जानकारी गराउदा“ समेत नगरले बेवस्ता गरिएको हुनाले सडक अवरुद्य गर्नुपरेको स्थानीयहरुले बताएका छन । जिर्ण पुल र सडकले गर्दा सवारी साधन विग्रिनुका साथै दुर्घना समेत बढेकाले वडा र नगरलाई जानकारी गराउ“दा बेवस्ता गरि सुनुवाई नगरेकाले नितिगत आन्दोलनको बाटो रोजेको स्थानीयहरुले बताउनु भयो ।


सडक कालोपत्रे बनाउनलाई बारम्बार पहल गर्दा समेत सडक निर्माणको कुनै योजनामा नभएकाले तत्काल हप्तामा दुई दिन सडकमा पानि हालिदिन पहल गर्दा कुनै सुनुवाई नभएको जानकारी गराएका छन । वर्षेनी कुरुवा खोलामा आएको बाढीले सडक तथा गाउ“घर जलमग्न हुदै आएको छ । जिर्ण पुलले गर्दा स्थानीय बाढीको चपेटामा परि धनमालको क्षति सहित कृषकले लगाएको बाली समेत बाढीले बगाउदै आएको स्थानीयहरुले बताएका छन ।
सुनसरी जिल्लाको मुख्य धार्मिक स्थल रामधुनी लाई जोडने इनरुवाबाट छोट र नजिकको सडक अझै ओझेलमै रहेको छ । सडक जिर्ण रहेकाले स्थानीयवासी धुलोको कारण स्वासप्रस्वासको विरामी बढ्न थालेको स्थानीयहरुले बताउछन । सडकमा रहेको खाल्टा खुल्टीले सवारी साधन समेत विग्रिदै आएको छ । कुरुवा खोला देखी गणेशपुरसम्ममा कैयौंको सिटी सफारी विग्रिएको सफारी चालकहरुले गुणासो गरेका छन । मोटर साइकल, एम्बुलेन्स लगायत अन्य सवारी समेत खाल्टाखुल्टीले गर्दा सास्ती भोग्नु परेको सवारी चालकहरुले गुणासो गरेका छन ।
इनरुवा नगरपालिका वडा नं. ४ इरुवाकै सबैभन्दा पिछडिएको वडामा पर्दछ । त्यसैले होला निर्वाचनको समयमा वडा नं. ४ भोट बैंकको चर्चामा आउछ । बाजेदेखी लिएर नातिसम्म आउदा“ समेत यो सडक जस्ताको त्यस्तै छ । यस क्षेत्रबाट देशको मुख्य नेता समेत बन्यो, प्रदेशको नेता बन्यो र नगर प्रमुख बन्दै कार्यकाल पुरा गरे तर यो ठाउ“को स्थानीयको आवाज सुन्ने कोहि भएन । निर्वाचनको समयमा सडक बनाउछु, नाला बनाउछु, खानेपानि ल्याउछु, उच्च स्तरको शिक्षा ल्याउछु भन्ने सांसद देखी तल स्थानीय तहका नेताले जितेर गएपछि फर्केर आउदैन स्थानीय युवाहरुले गुणसो पोख्नु भयो ।

 

  • साझा परिवेश
  • बिहिबार, पुस २१, २०७९ १८:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट