May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य छ : मन्त्री मोदी

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० ११:५८
कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य छ : मन्त्री मोदी
  • कम्युनिष्ट पार्टी पुनः एकीकृत हुँदै समाजवादको बाटोमा अगाडि बढ्नुपर्ने
  • नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य
  • कर्मचारीहरुको सरुवा प्रणालीलाई पूर्व अनुमानयोग्य बनाउन तयारी

मोरङ ।।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले कम्युनिष्ट पार्टीलाई पुनः एकीकृत गर्दै समाजवादको बाटोमा अगाडि बढ्नुपर्ने बताएका छन् ।

आज मोरङमा आयोजित पुष्पलाल स्मृति दिवसलाई सम्बोधन गर्दै मन्त्री मोदीले नेकपाका संस्थापक महासचिव पुष्पलालको सपना पूरा गर्नका लागि नेपालका कम्युनिष्ट पार्टीहरुबीचको एकता अपरिहार्य रहेको बताए ।

‘एउटै बलियो कम्युनिष्ट पार्टी मार्फत आमूल परिवर्तनको सपना बोकेर नेपाल कम्युनिस्ट पार्टी स्थापना गर्नेे पुष्पलालको सपना साकार गर्नका लागि सबै कम्युनिष्टबीचको एकता अनिवार्य र अपरिहार्य छ,’ माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री मोदीले भने ।

पुष्पलाल श्रेष्ठको योगदानले नै अहिले कम्युनिष्ट पार्टीहरु यो स्थानसम्म आइपुगेको भन्दै उनले त्यो गाम्भीर्यतालाई बुझेर नेपालका कम्युनिष्ट पार्टी अगाडि बढ्नुपर्ने बताए ।

कार्यक्रममा मन्त्री मोदीले कर्मचारीहरुको सरुवा प्रणालीलाई पूर्व अनुमानयोग्य बनाउन तयारी गरिरहेको समेत उल्लेख गरे ।

 

  • साझा परिवेश
  • आइतवार, साउन ७, २०८० ११:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।