April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

साझा समाचार प्रभाव ः अब धुलाबारी सडक साँघुरो नबनाइने, कालोपत्रे सडकमा झार किन उम्रियो ?

  • साझा परिवेश
  • शनिबार, पुस २३, २०७९ १0:0६
साझा समाचार प्रभाव ः अब धुलाबारी सडक साँघुरो नबनाइने, कालोपत्रे सडकमा झार किन उम्रियो ?

खगेन्द्र घिमिरे कठमाडौं ।। झापाको धुलाबारी बाट चन्द्रगढी विमानस्थल पुग्ने छोटो दूरीको धुलाबारी–भद्रपुर सडकको नाला सहित कालोपत्रे धमाधम हुदै छ । प्रदेश नं. १ सरकारको गौरवको मुख्य परियोजनको रुपमा रहेको यो धुलाबारी–ज्यामिरगढी–चन्द्रगढी सडक बनेपछि स्थानीयवासी हर्षित छन् ।
धुलावारीदेखि भद्रपुर सीमासम्मको नौ किलोमिटर कालोपत्रे निर्माणको ठेक्का २०७५ साल कात्तिक ७ गते हिम्डुङ एण्ड थोकर सरोज जेभीले लिएको थियो । सो सडक २०७९ साल असार ३१ गते निर्माण सम्पन्न गर्ने गरी रु. २५ करोड ३२ लाख ८४ हजारमा ठेक्का लिएको कम्पनीले कोभिड महामारीका कारण समयै निर्माण गर्न सकेछ ।
यही सडकको नाली नसारिने र सडकलाई साँघुरो बनाएको बिषयमा स्थानीयले चर्को बिरोध गरेका थिए । पुरानो नालालाइ कायम गरेर जानुपर्ने माग गरेका थिए । यस बिषयमा साझा परिवेश मिडिया मार्फत दृश्य साम्रगी प्रशारण गरिएको थियो । सो लगात्यै सो सडक साघुरो नबनाउने निर्णय गरिएको छ । स्थानीयबासीले सडक साँघुरो बनाउन नहुने भन्दै दवाव सिर्जना गरेका थिए ।
समाचार प्रशारण भए सँगै प्रदेशका निवत्र्तमान सांसद् श्रीप्रसाद मैनाली र मेचीनगर वडा नं. १० का वडाध्यक्ष नारायण खनाल लगायतले सो विवादास्पद निर्माण कार्यको निरीक्षण गरे । यो सँगै निर्माण व्यवसायी, सामाजिक संस्थाका प्रतिनिधिहरु र प्रमुख राजनीतिक दलका अगुवाहरुले धुलाबारी मोडस्थित कार्यस्थलमै सो विषयमा छलफल गरे र छलफलमा सडकलाई कुनै हालतमा साँघुरो बनाउन नहुने सबैको धारणा व्यक्त भएको थियो भने निर्माण व्यवसायीलाई पुरानो नालीलाई सडक क्षेत्र मानेर पुरै भागमा कालोपत्रे गर्न आग्रह गरिएको थियो । छलफलमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति इन्द्र बुढाथोकी, नेकपा एमालेका क्षेत्रीय अध्यक्ष टिकाराम मग्राती, धुलाबारी खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष चेतन बिष्ट, निर्माण व्यवसायीको प्रतिनिधि सूर्य अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
साथै मेचीनगर २ को कालोपत्रे सडकमा झार उम्रिएको बिषयमा नगर सरकारले चासो देखाएको छ । यस बिषयमा समेत यस मिडिया मार्फत समाचार प्रशारण भएको थियो । यो लगात्यै सो सडकको परिक्षण सुरु गरिएको छ । उदेश्य निमार्ण सेवाले बनाएको सो सडकको बारेमा स्थानीय सँगै मिडियाले चासो देखाए सँगै वडा र नगरले चासो देखाएको हो । मेचीनगर २ का वडाध्यक्ष दिपक बरालले आफनो सामाजीक संजारमा मेचिनगर नगर प्रमुखको कार्यलयबाट रेपिट रेस्पोन्स भएको छ । हामि माझ निकै चासो र कौतुहलता रहेको विषय निर्माण समय सकिएको केहि हप्ता नै उम्रिएको झारको स्टेमेट अनुसारको काम भएनभएको रिपोर्ट आउन बाकि छ यदि गलत काम भएको भए ढुक्क हुनु भत्काउन लगाएने छ ठिकै आएमा फेरिबाट स्टेमेट गराउदा बेलैमा कर्मचारि साथिहरुलाई सजग गराईने छ । धन्यवाद लेखेका छन ।
नगरको बजेटबाट नगरकै इन्जिनियरको निगरानीमा सो सडक कालोपत्रे गरिएको हुँदा त्यस्तो गुणस्तरहीन सडकको तत्काल अनुगमन गरी आवश्यक कार्वाही अघि बढाउन दवाव थियो । वडाका अध्यक्ष दिपक बरालले माग गरेका छन् ।
सडक बनाएको केही समयमै झार उम्रिएको र गुणस्तर खराब भएको सर्वसाधारण सबैले देख्न सकिने भन्दै नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले तुरुन्त यस बिषयमा अघि बढने बताएका थिए । उता ठेक्का पाएका उदेश्य निमार्ण सेवाका ठेकेदार नयन बरालले आफुहरु बाट केही गल्ती भएको हामी सँग स्विकारेका थिए ।

 

  • साझा परिवेश
  • शनिबार, पुस २३, २०७९ १0:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट