WordPress database error: [Disk full (/tmp/#sql-temptable-49a-81631c-1c1e9.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device")]SHOW FULL COLUMNS FROM `wp_postmeta`


काठमाडौं। संविधानसभा अध्यक्ष र सभामुख भइसकेको भन्दै राष्ट्रपति बन्न इच्छा देखाएका सुवास नेम्वाङलाई नै फेरि सभामुख बनाउने एमालेले तयारी गरेको छ।
नेम्वाङले आफू सभामुख नबन्ने जानकारी अध्यक्ष केपी शर्मा ओलीलाई गराइसकेको बताउँदै आएका छन् तर अध्यक्ष ओलीले भने सभामुखमा नेम्वाङलाई नै अघि सार्ने तयारी गरिरहेको स्रोतले जनाएको छ।
हाल सभामुखमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माको नाम चर्चामा छ। उपाध्यक्ष गुरुङले खुलेरै सभामुख बन्न लविङ गरिरहेका छन्। तर पार्टीभित्र विश्वकर्मालाई सभामुख बनाउनु पर्ने मत बलियो छ। विश्वकर्मालाई सभामुख बनाउन नेम्वाङ नै लागि परेका छन्।
तर अध्यक्ष ओलीले सभामुखमा नेम्वाङलाई अघि सार्ने तयारी गरिसकेका छन्। र, तयारी अवस्थामा बस्न नेम्वाङ बनिसकेको स्रोतले जनाएको छ।
केही दिन अगाडि नेम्वाङले डिसी नेपालसँग भनेका थिए-म संविधानसभा अध्यक्ष पनि भइसकें। सभामुखको जिम्मेवारी पनि निभाइसकेको हुँ। फेरि सभामुख बन्ने मेरा इच्छा छैन भनेर अध्यक्षलाई जानकारी गराएको छु।’
नेम्वाङले पाए राष्ट्रपति बन्ने, नत्र उपाध्यक्षको रुपमा पार्टीको काममा सक्रिय रहने बताउँदै आएका छन्। ‘राष्ट्रपतिमा अध्यक्ष ओलीले अरु नै कसैको नाम सोचेको हुनाले उहाँलाई (नेम्वाङ) नै सभामुखमा अगाडि सार्ने सोच अध्यक्षले बनाउनु भएको छ,’ स्रोतले भन्यो, ‘राष्ट्रपनि बन्नेको नाममा अध्यक्षको डायरीमा नेम्वाङको नाम छैन। यसको अर्थ उहाँलाई सभामुख नै बनाउने हो।’
