April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

संचारकर्मी लाई ज्यान मार्ने धम्की दिनेलाइ पक्राउ गर्न प्रेस क्लवको ध्यानाकर्षण

  • साझा परिवेश
  • शनिबार, माघ ७, २०७९ 0९:३४
संचारकर्मी लाई ज्यान मार्ने धम्की दिनेलाइ पक्राउ गर्न प्रेस क्लवको ध्यानाकर्षण

काठमाडौं ।। संचारकर्मी खगेन्द्र घिमिरेलाइ झापाको बाहुनडागीका केही युवाले ज्यान मार्ने धम्की दिएका छन् । पत्रकार घिमिरेलाइ समचार प्रशारण गरेको बिषयमा ९८१४९१४८३३ नम्वरबाट ज्यान मार्ने धम्की आएको हो । केही दिन अघि बाहुनडागीमा डयुटिको समय चुरोट खादै गरेर , व्यापारी सग मिलेमतोमा घुस खादै गरेको भिडियो घिमिरेले साझा परिवेश डट कम बाट सार्वजनिक गरेका थिए । यस बिषयमा घिमिरेलाई बाहुनडागी आइस भने तीन फुट चार इन्च तल गाड्ने भन्दै धम्की दिएका थिए ।
मेचीनगर–४, बाहुण्डाँगी स्थित नेपाल भारत बोर्डर छेउमा डिउटी कै समयमा सशस्त्र प्रहरीका एक सुरक्षाकर्मीले अमर्यादित कार्य गरेको भिडियो प्रसारण तथा प्रकाशन गरेको बिषयमा प्रेस क्लब मेचीनगरका पूर्व अध्यक्ष मुक्ति पौडेल र सदस्य खगेन्द्र घिमिरेलाई दिएको धम्कीप्रति प्रेस क्लब मेचीनगरको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकारले सञ्चार माध्यममा प्रकाशित÷प्रसारित गरेको भिडियो फुटेज कै आधारमा सम्बन्धित प्रहरी माथि विभागीय कारवाही हुनुले समेत उक्त समाचार सान्दर्भिक र तथ्यगत रहेको पुष्टि गरिसकेको छ ।
सोही सन्दर्भलाई लिएर सञ्चारकर्मी घिमिरेलाई प्रत्यक्ष टेलिफोनमार्फत गालि गलौज गर्ने, सञ्चारकर्ममा खटिएकै बखत ज्यान मार्ने सम्मको धम्की दिनुले संविधानले नै सुनिश्चत गरेको प्रेस स्वतन्त्रता माथि नै ठाडो हस्तक्षेप भएको क्लवका अध्यक्ष डम्बर बरालले बताए । पत्रकारबाट समाचार संकलनको व्रmममा चित्त नबुझे उजुरी गर्ने निकाय हुँदाहुँदै फेसबुकमा मानहानि हुने गरी पत्रकारको विरुद्धमा धम्की दिने एवम् बाहुण्डाँगी युवाको नाममा गलतकार्यको पक्षधर बन्दै युवाकै बदनाम हुने गरी सामाजिक सञ्जालमा सार्वजनिक भएको निवेदनले सम्बन्धित युुवा माथि नै आशंका र प्रश्न खडा गरेको छ ।
प्रेस क्लब मेचीनगर, पत्रकार घिमिरेलाई ज्यान मार्नेसम्मको धम्की दिने सम्बन्धित ब्यक्तिलाई तत्काल पव्रmाउ गरी कारवाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौं । साथै क्लबका पूर्व अध्यक्ष पौडेललाई समेत मानहानी हुने गरी गरेको बक्तब्य बाजीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । क्लब, प्रेस स्वतन्त्रताको व्यवहारिक कार्यान्वयनको लागि सञ्चार माध्यम र सञ्चारकर्मीलाई भयरहित वातावरणमा समाचार संकलन र संप्रेषणको व्यवस्था मिलाउन प्रशासनसँग आग्रह गर्दै पत्रकारको सुरक्षामा गम्भीर बन्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ ।

  • साझा परिवेश
  • शनिबार, माघ ७, २०७९ 0९:३४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट