September 8, 2024 | आइतवार, भदौ २३, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

पत्रकार घिमिरेलाई तीन फुट गाड्ने धम्की दिनेबिरुद्ध प्रहरीमा किटानी जाहेरी

  • साझा परिवेश
  • आइतवार, माघ ८, २०७९ १९:0५
पत्रकार घिमिरेलाई तीन फुट गाड्ने धम्की दिनेबिरुद्ध प्रहरीमा किटानी जाहेरी

काठमाडौं ।। साझा परिवेश डट कमका कार्यकारी सम्पादक खगेन्द्र घिमिरेलाइ ज्यान मार्ने धम्की आएपछि धम्की दिनेबिरुद्ध प्रहरीमा किटानी जाहेरी दर्ता गरिएको छ ।
पत्रकार मुक्ति पौडेल र खगेन्द्र घिमिरेलाई ज्यान मार्ने धम्की दिनेबिरुद्ध शनिबार प्रहरीमा किटानी जाहेरी दिएको हो ।
समाचार लेखेकै विषयलाई लिएर टेलिफोनमार्फत ज्यान मार्ने धम्की दिने मेचीनगर नगरपालिका ४ बाहुनडाँगीका विकास प्रधान, कञ्चन उप्रेती, सन्तोष सुवेदी र राजेश थापाको नाम किटान गरी पत्रकार पौडेल र घिमिरेले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा आइतबार जाहेरी दिएका हुन् ।
सीमा नाकामा खटिएका सशस्त्र प्रहरीको अमर्यादित कार्यका विषयमा समाचार लेखेकै कारण बाहुनडाँगीका ती युवाहरूले आफूहरूलाई ज्यान मार्ने धम्की दिएपछि असुरक्षा महसुस गरी त्यस्ता व्यक्तिहरूलाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन प्रहरीलाई जाहेरी दिएको पीडित पत्रकार पौडेलले बताए ।
यता प्रहरीमा किटानी जाहेरी परेपछि ती व्यक्तिहरूलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने इलाका प्रहरी कार्यालय काँकडभिट्टाले जनाएको छ । केही दिन अघि समाचारका विषयलाई लिएर पत्रकार घिमिरेलाई टेलिफोन गरेर समाचार किन लेखेको भन्दै ३ फिट मारेर जमिनमा गाड्ने भन्दै ती युवाहरूले धम्की दिएका थिए ।
मेचीनगरका दुई जना पत्रकारलाई ज्यान मार्ने धम्की दिने प्रेस क्लब मेचीनगरले एक विज्ञप्ति जारी गरी दोषीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन स्थानीय प्रहरी, प्रशासन समक्ष अपिल गरिसकेको छ ।
साथै साझा परिवेश डट कमले यस बिषयमा घिमिरेको सुरक्षाको लागि प्रेस विज्ञप्ती निकालेर प्रहरी प्रशासन सँग माग गरेको छ । संचालक रविन श्री र सम्पादक सुनिल खतिवडा द्धारा जारी बिज्ञप्तीमा सँगै सुरक्षा र कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय,जिल्ला प्रशासन कार्यालय नेपाल पत्रकार महासंघ लगायतमा निवेदन दिइ सकेको छ ।

हेर्नुस जारी गरेको बिज्ञप्ती

  • साझा परिवेश
  • आइतवार, माघ ८, २०७९ १९:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्