April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्? 

उपसभामुख इन्दिरा राना मगरले राष्ट्रपति समक्ष लिइन शपथ

  • साझा परिवेश
  • सोमवार, माघ ९, २०७९ १९:३५
उपसभामुख इन्दिरा राना मगरले राष्ट्रपति समक्ष लिइन शपथ

नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले पद तथा गोपनीयताको शपथ लिएकी छन् । उपसभामुख मगरले आज (सोमबार) राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेसमक्ष शपथ ग्रहण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

उनले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम ९ को अनुसूची २ बमोजिम प्रतिनिधि सभाको उपसभामुख पदको पद तथा गोपनीयताको शपथ लिनुभएको राष्ट्रपति भवनका सहायक प्रवक्ता लीलाकान्त पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

शनिबार बसेको प्रतिनिधि सभा बैठकबाट उपसभामुख पदमा मगर निर्वाचित हुनुभएको हो । मत विभाजन गराउँदा मगरको पक्षमा १६६ र विपक्षमा ९७ मत परेको थियो । एक सांसद भने तटस्थ बसेका थिए ।

  • साझा परिवेश
  • सोमवार, माघ ९, २०७९ १९:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट