May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी टी–२० विश्वकपका लागि भारतीय टोलीको घोषणा विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले २०८४ को निर्वाचनमा भाग लिने शेयर बजार २६ अंकले वृद्धि कर्णाली सरकारले पायाे पूर्णता, नवनियुक्त ६ मन्त्रीले लिए शपथ काठमाडौंमा प्रदूषण बढ्यो : सकेसम्म घर बाहिर अनावश्यक ननिस्कन मन्त्रालयको आग्रह संविधानभन्दा माथि सर्वोच्च हुन सक्दैन, प्रेस स्वतन्त्रताको परिधिलाई कुनै आदेशले सीमित गर्न सक्दैन : पत्रकार महासंघ ‘मनसरा’ को पहिलो गीत ‘झ्यालको’ सार्वजनिक मुस्ताङमा विद्यार्थी बोकेको गाडी दुर्घटना हुँदा २१ जना घाइते पराजयपछि मिलनले भने- भ्रष्टाचार र बेथितिविरुद्ध निरन्तर घण्टी बजाइरहनेछाैँ तराई मधेशमा गर्मीसँगै तातो लहर अझै केही दिन बढ्ने सुनको मूल्य स्थिर स्टिङ अपरेशनको सत्य तथ्य जनता सामु ल्याउन जनार्दन शर्माको आग्रह उपनिर्वाचनः इलाम-२ मा १६ जना उम्मेदवारको जमानत जफत संसदीय समितिको बैठक बस्दै पतञ्जलिका १४ उत्पादनको लाइसेन्स खारेज कस्तो रहला आजको मौसम ? गण्डकी सरकार गठनविरुद्धको रिट खारेज रास्वपाका मिलन लिम्बुको १० प्रतिशत मत नपुगेपछि जमानत जफत इलाम–२ मा एमालेका सुहाङ नेम्वाङ निर्वाचित

सबै प्रकारका गोष्ठी, सेमिनार र कार्यशाला स्थगित, साढे २४ अर्ब बचत गर्ने अर्थ मन्त्रालयको योजना

  • साझा परिवेश
  • बुधबार, माघ १८, २०७९ 0८:४३
सबै प्रकारका गोष्ठी, सेमिनार र कार्यशाला स्थगित, साढे २४ अर्ब बचत गर्ने अर्थ मन्त्रालयको योजना

अर्थ मन्त्रालयले खर्च कटौती गर्ने निर्णय गरेको छ। अर्थले बजेटको २० प्रतिशतसम्मको खर्च कटौति गर्ने निर्णय गरेको हो। यी निर्णय कार्यान्वयनमा आउँदा साढे २४ अर्ब बच हुने अर्थको दाबी छ। उसले खर्च कटौतीबाट १० अर्ब ५० करोड र खर्च रोक्का राख्दा करिब १४ अर्ब रुपैयाँ बराबरको कार्यक्रम स्थगन हुने जानकारी दिएको छ।

त्यसका लागि संघीय, प्रदेश र स्थानीय तहसम्मले २० प्रतिशतसम्मको खर्च कटौती गर्नुपर्ने निर्णय मन्त्रालयले गरेको छ। चालु आर्थिक वर्षका लागि स्वीकृत बजेट तथा कार्यक्रम भित्र परेका तर खरिद प्रक्रिया सुरु नभएका आयोजना तथा कार्यक्रम अर्थ मन्त्रालयको पूर्व स्वीकृतिमा मात्र खरिद प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

त्यस्तै अर्थ मन्त्रालयको पूर्व स्वीकृति विना कुनै प्रकारको नयाँ दरवन्दी सिर्जना हुनेगरी संगठन तथा व्यवस्थापन सर्वेक्षण नगर्ने, नयाँ दरवन्दी थप नगर्ने। दरवन्दीभन्दा बढी कर्मचारी कुनै पनि निकायमा नखटाउने र खटाउनैपर्ने भएमा अस्थायी दरवन्दी स्वीकृत गरीमात्र गर्ने निर्णय अर्थले गरेको छ।

त्यस्तै नेपाल सरकारको स्रोत तर्फका सबै प्रकारका गोष्ठी, सेमिनार र कार्यशाला हाललाई स्थगन गर्ने र फर्निचर र नयाँ सवारी साधन खरीद शीर्षकमा विनियोजित रकम खर्च नगर्ने गरी हाललाई रोक्‍का राख्‍ने निर्णय गरेको छ।

नेपाल सरकारको स्रोतमा नेपाल सरकारको प्रतिनिधित्व गरी अनिवार्य रुपमा सहभागी हुने कार्यक्रमका लागि वैदेशिक भ्रमण गर्नुपर्दा अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य रुपमा लिने र अर्थ मन्त्रालयको सहमति नलिई कुनै निकाय र स्तरवाट थप दायित्व पर्ने कुनै निर्णय नगर्ने निर्णय भएको छ।

त्यस्तै चालु आर्थिक वर्षका लागि चालु खर्चतर्फ स्वीकृत बजेट तथा कार्यक्रम भित्र परेका कार्यक्रमको परिमाण र लक्ष्य कम हुने गरी नेपाल सरकारको स्रोततर्फ हाललाई रकमान्तर नगर्ने र सामान्यतया आर्थिक सहायता प्रदान नगर्ने। गर्नैपर्ने अवस्था सिर्जना भएमा स्वीकृत मापदण्ड बमोजिम अर्थ मन्त्रालयको पूर्व सहमति लिनुपर्ने निर्णय गरेको छ।

त्यस्तै चालु तर्फको खर्चमा अनिवार्य दायित्व वाहेक न्यूनतम २० प्रतिशत कटौती गर्न प्रदेश सरकार र स्थानीय तहहरुलाई पनि अनुरोध गर्ने निर्णय गरेको छ। यी निर्णयहरू सबै विश्वविद्यालय, प्रतिष्ठान, समिति, नियामक निकाय, बोर्डलगायत सबै सार्वजनिक संस्थानमा समेत लागू हुने अर्थ मन्त्रालयले जनाएको छ। अन्नपूर्ण पोष्टबाट

  • साझा परिवेश
  • बुधबार, माघ १८, २०७९ 0८:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट