May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु कस्तो रहला आजको मौसम ; यी ठाउमा पानी पर्ने सम्भावना भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै

अरवपति खरवपतिलाई पनि जेष्ठ नागरिकको भत्ता देको छ त्यो जरुरी छैन ः नगर प्रमुख भण्डारी

  • साझा परिवेश
  • बिहिबार, माघ २६, २०७९ १८:३३
अरवपति खरवपतिलाई पनि जेष्ठ नागरिकको भत्ता देको छ त्यो जरुरी छैन ः नगर प्रमुख भण्डारी


गनेश कुमार यादव
इनरुवा । इनरुवा नगरपालिकाका नगर प्रमुख केदार भण्डारीले अरव पति खरव पतिलाई पनि जेष्ठ नागरिकको भत्ता देको छ त्यो जरुरी छैन भनेर बताउनु भएको छ ।
सोमबार इनरुव–१ स्थिर रहेको सत्यनारायम मन्दिरको परिसरमा निः शुल्क आँखा जशिविरको समापन कार्याक्रममा नगर प्रमुख भण्डारीले उक्त कुरा बताएका हुन् ।
उक्त कार्याक्रममा बोल्दै नगर प्रमुख भण्डारीले भने“कोही सेवा लिन आउनुभएको छ भने हामिलाई भन्नुस् हरेक किसिमका सेवा हामी दिन्छौं, तपाइहरुको निः शुल्क बिमा हुन्छ जेष्ठ नागरिहहरुको जस्को स्वास्थ्य बिमा छैन गरिव,विपन्न हुनुहुन्छ भने आउँनुस् हामी गर्दिन्छौं । ’,‘मलाईत राज्यको नितिनै मन पर्दैन अरवपति खरवपतिलाई पनि जेष्ठ नागरिकको भत्ता देको छ त्यो जरुरी छैन।’, ‘१० हजार देउ महिनाको तर गरिवलाई देउ दलितलाई देउजस्ले खान पाउँदैन त्यस्लाई देउ अरवपतिका बुवा आमालाई ५ हजार रुपैयाँ देर के हुन्छरु क्यै अर्थै छैन।” त्यस्कारणले एउटा क्राइट एरिया बनाउनु पर्छ जस्लाई जेष्ठ नागरिकको भत्ता चाहिनेहो उस्लाई देउ भनेर उनले बताउनु भयो ।
त्यसैगरि इनरुवा नगरपालिका वडा नं–४ का वडा अध्यक्ष बौवालाल मेहताले यो कागजी कार्याक्रम नभएर वास्विक कार्यक्रम रहेको बताउनुभयो । बजेटको अभावले गर्दा एस्ता कार्याक्रम वडामा राख्न नसकेको र आगामि दिनमा स्वास्थ्य सम्बन्धि,शिक्षा सम्बन्धि कार्याक्रमहरु राखेर अगाडी बढ्ने उनले बताउनुभयो ।
उक्त कार्याक्रको अवसरमा इनरुवा नगर क्षेत्र भित्रका महिला स्वास्थ्य स्वयमंसेविका तथा स्वास्थ्य प्रमुख सहित इनरुवा नगरपालिकाको सुरक्षामा खटिरहेका नगर प्रहरीहरुको उच्च मुल्यांकन गर्दै नगर प्रमुख भण्डारीले सम्मान समेत गरेको इनरुवा नगरपालिकाका जनस्वास्थ्य अधिकृत संतोष देवले जानकारी दिनुभयो । उनका अनुसार महिला स्वास्थ्य स्वयमंसेविकाहरु समयमा आफ्नो सेवा सुविधा नपाएको अवस्थामा पनि अहोरात्र खटिरहन्छन् उनिहरुको मनोबल बढाउने तथा काम गर्न थप होसला प्रदान गर्ने उदेश्यले उनिहरुलाई नगर प्रमुख भण्डारीले सम्मान गरेका हुन् । त्यसरीनै इनरुवा नगर क्षेत्र भित्र शान्ति सुरक्षामा अतुलनिय योगदान गरि इनरुवाको हरेक क्षेत्रमा पशंसनिय काम गरेकोले आगामी दिनहरुमा पनि काम गर्न थप होसला प्रदान गर्ने उदेश्यले नगरप्रहरीहरुको खादा लगाएर तथा मायाँको चिनो प्रदान गरी नगर प्रमुख भण्डारीले सम्मान गर्नुभएको थियो । त्यसै गरि इटहरीको नव दृष्टि आँखा अस्पताल प्रा।लिका ५ जना डाक्टरहरुलाई पनि सम्मान गरिएके थियो ।
इनरुवा–१ स्थित रहेको सत्यनारायण मन्दिरको परिसबाट माघ ९ गते देखि इनरुवाका सिटी सफारी चालकलाई लक्ष्ति गरि उक्त निः शुल्क आँखा जशिविर मा २३ गते सम्म इनरुवाको १० वटै वडामा इटहरीको नव दृष्टि आँखा अस्पताल प्रा।लिमाको सहयोग तथा इनरुवा नगरपालिका जनस्वस्थ्य शाखाको आयोजनामा संचालन भएको थियो । उक्ता शिविरमा १० वटै वडाका करिब १ हजार पच्चिस जनाले सेवा पाएको इनरुवा नगरपालिकाका जनस्वास्थ्य प्रमुख निखिल पोखरेलले जानकारी दिनुभो ।
पोखरेलका अनुसार १० वटै वडाका ५ सय उनन्साठी जना महिला ४ सय छप्पन्न जना पूरुषले सेवा पाएको र ७८ जनाले निःशुल्क मोतिया बिन्दुको शल्यक्रिया गराइसकेको छ ।
इनरुवा नगरपालिकाका जनस्वास्थ्य शाखाले इनरुवाका सर्वसाधारणहरुको स्वास्थ्यलाई ख्याल गर्दै विभिन्न स्वास्थ्य शिविरहरुको आयोजना गरि निःशुल्क उपचारहरु विगतका दिनहरुमा गराएको र आगामि दिनहरुमा पनि सम्पूर्ण नगरवासीहरुको स्वस्थ्यलाई ख्याल राख्दै विभिन्न स्वास्थ्य शिविरहरुको आयोजना गर्ने जनस्वास्थ्य प्रमुख पोखरेलले जानकारी दिनुभो ।
कार्याक्रममा इनरुवा नगरपालिका वडा नं–१ का वडा अध्यक्ष प्रमोद पोखरेल वडा नं–२का विश्वनाथ ठाकुर, वडा नं–४ का बौवालाल मेहता,वडा नं–५ का अनिल कुमार पोखरेल, वडा नं–९ का बसिरमुद्दिन मन्सुरी,जेसिज वर्ष २०२३ का कानुनि सल्लाहकार साकार पोखरेल लगागतको आतिथ्यता रहेको थियो भने इनरुवा नगर क्षेत्र भित्रका महिला स्वयमंसेविका तथा स्वास्थ्य प्रमुख सहित नगर प्रहरीहरुको उपस्थिति रहेको थियो ।

  • साझा परिवेश
  • बिहिबार, माघ २६, २०७९ १८:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।