May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

गठबन्धन ५ वर्ष नै चल्छ, अझै राम्रा राम्रा काम गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १६:३२
गठबन्धन ५ वर्ष नै चल्छ, अझै राम्रा राम्रा काम गर्छौँ : प्रधानमन्त्री प्रचण्ड
  • गठबन्धन सरकार पाँचै वर्ष चल्ने प्रधानमन्त्रीको अठोट 
  • प्रधानमन्त्रीले बाँकी चार वर्षमा धेरै राम्रा काम गर्ने 
  • सरकारका राम्रा कामको प्रचार चै सबैले गर्नु आवश्यक 

काठमाडौं ।।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकार पाँचै वर्ष जाने बताएका छन् । गोरखाको वारपाक सुलिकोट गाउँपालिकामा आयोजित जनतासँग अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । गठबन्धन सरकारको एक वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने काम भएको बताउँदै प्रधानमन्त्रीले बाँकी चार वर्षमा धेरै राम्रा काम गरिने बताए ।

प्रधानमन्त्रीले भने, “सरकारले यो एक वर्षे कार्यकालमा केही रेकर्ड कायम हुने कामहरू गरेको छ । नागरिकता समस्या, मिटरव्याजीको समस्या, सामाजिक सुरक्षाको क्षेत्रमा, विकास निर्माणको क्षेत्रमा सरकारले बूढीगण्डकी आयोजना, जलवायु न्यायको विषयमा पर्वतीय देशहरूको नेतृत्व गरिएको छ । एक वर्षमा यति काम भएभने बाँकी चार वर्षमा त झनै धेरै राम्रा काम हुनेछन् ।”

सरकारले राम्रा कामको सुरुवात गरेको भएपनि गणतन्त्र र परिर्वतन विरोधीहरूले ती काम राम्रा भए भनेर नभन्ने बताउँदै राम्रा कामको पचार जनता र परिर्वतन पक्षधरले गर्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । प्रधानमन्त्री प्रचण्डले भने, “हामीले गाउँगाउँमा सिंहदरबारको रूपमा महिला, दलित र सबैको समानुपातिक प्रतिनिधित्व हुने व्यवस्था स्थापना गरेका छौँ । यसबाट धेरै राम्रा काम पनि भएका छन् । त्यसको पक्षमा हामीले बोल्नुपर्छ । सरकारका राम्रा कामको प्रचार हामीले नै गर्नुपर्छ ।”

 

  • साझा परिवेश
  • बुधबार, पुस ११, २०८० १६:३२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।