May 1, 2024 | बुधबार, बैशाख १९, २०८१
सुचनाहरु
निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत अहिले विश्वासको मत लिनुपर्ने अवस्था होईन : मुख्यमन्त्री कार्की नेपाल वेस्ट इन्डिज ए सँग ७६ रनले पराजित नबिल बैंकमा चोरी गरेको आराेपमा ४ जना पक्राउ भाजपाको चुनावी अभियानमा अवलोकन गर्न नेपालबाट को को जादैछन् ? जोनसनको शतकमा वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २२८ रनको लक्ष्य नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि आज इङ्ग्ल्यान्ड जाँदै काठमाण्डौमा आजदेखि सीप मेला बार, दोहोरी र क्लबहरुलाई मनोरञ्जन कर तिर्न महानगरको आग्रह नेपाली टोलीको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्ने आज सेयर बजार सँगै बैंक–वित्तीय संस्था पनि बन्द आज १३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवस घट्यो सुनको मूल्य अफगानिस्तानको टी–२० विश्वकप खेल्ने टोलीको घोषणा टी–२० विश्वकपका लागि मिचेल मार्सको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा डिजेल र मट्टीतेलको मूल्य घट्यो ; पेट्रोलको यथावत कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको तेस्रो खेल आज नबिल बैंकको वीरगञ्ज शाखाबाट १ करोड ३४ लाख चोरी

महाशिवरात्रिमा पशुपतिमा लाग्ने दुईहप्ते मेला बजारका लागि कम्पनी छनोट

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ४, २०७९ 0९:४१
महाशिवरात्रिमा पशुपतिमा लाग्ने दुईहप्ते मेला बजारका लागि कम्पनी छनोट

काठमाडाैं। महाशिवरात्रिका अवसरमा पशुपतिनाथ क्षेत्रमा लाग्ने दुइहप्ते मेला बजारका लागि पशुपति क्षेत्र विकास कोषले अनलाइन टेन्डर (प्रतिस्पर्धाबाट) मार्फत कम्पनी आज छनोट गरेको छ।

महाशिवरात्रिको दिनदेखि दुई हप्तासम्म पशुपतिनाथ क्षेत्रस्थित वनकालीमा मेलाबजार सञ्चालन गरिँदैछ।

मेलाका लागि सबैभन्दा बढी रकम कबोल गर्ने एमएमबीके एल इभेन्ट एण्ड बहुउद्देश्यीय कम्पनीलाई रु २० लाख ५० हजारमा सञ्चालनको जिम्मेवारी दिइएको मेलाबजार तथा सजावट उपसमितिका संयोजक पूर्णसङ्गम जेठाराले जानकारी दिए।

उनका अनुसार गत वर्षभन्दा यसपटक रु पाँच लाख ५० हजार बढीमा सो कम्पनीलाई मेलाबजार सञ्चालन गर्न दिइएको छ। मेलामा बालबालिका एवं बयस्कका लागि रमाइलो पिङलगायतका खेलका साथै विभिन्न सामग्रीको किनमेल गर्न सकिने गरी आकर्षक बिक्री कक्ष सञ्चालन गरिने बताइएको छ।

यसपटको महाशिवरात्रिको मुख्य अतिथिका रुपमा भारतबाट शङ्कराचार्य स्वामीको आगमनले पनि धेरै दर्शनार्थी र भक्तजनको भीड बढ्ने संयोजक जेठाराले बताए।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन ४, २०७९ 0९:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट